शनिबार, वैशाख २२, २०८१

एसिया कप क्रिकेटमा दुई शक्ति राष्ट्र भिड्दै

विगतलाई हेर्दा भारत र पाकिस्तान पहिलो पटक सन् १९८४ मा शारजहाँमा भएको एसिया कपको उद्घाटन खेलमा भिडेका थिए। भारतले उक्त खेल ५४ रनले जित्दै उपाधि पनि जितेको थियो।
 |  आइतबार, भदौ १२, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

आइतबार, भदौ १२, २०७९

काठमाडौं- एसिया कपको दोस्रो खेलमा आज आइतबार क्रिकेटका दुई शक्ति राष्ट्र भारत र पाकिस्तान भिड्दै छन्। खेल दुबई इन्टरनेसनल मैदानमा नेपाली समयअनुसार बेलुकी ७:४५ मा सुरु हुनेछ।

triton college

रोहित शर्माको कप्तानीमा रहेको भारत र बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान एसिया कपमा राम्रो सुरुवात गर्ने लक्ष्यमा छन्। भारत र पाकिस्तानबीच राजनीतिक द्वन्द्व अझै कायमै छ। जसले गर्दा भारत र पाकिस्तानको प्रतिस्पर्धालाई सामान्यतया खेलाडीसँग मात्रै सीमित मानिँदैनन। यस खेललाई दुई देशका समर्थकहरूबीचको अन्तरद्वन्द्वका रुपमा पनि हेरिन्छ। एकआपसमा भिड्दै गर्दा दुवै टोलीका समर्थकहरुलाई पराजयले ठूलो अर्थ लाग्ने गर्छ। खेल जितेपछि त्यसलाई समर्थकहरुले एउटा राजनीतिक प्रणाली, धर्म तथा सिंगो राष्ट्रसँग जोड्दै सामाजिक सञ्जालमा युद्ध नै गर्छन्।

कहिलेकाहीँ त कुरा समर्थकबीच मात्रै रहँदैन, पूर्व खेलाडीहरु पनि एकआपसमा व्यङ्ग्यात्मक टिप्पणी गर्ने गर्छन्। घुँडाको चोटका कारण पाकिस्तानी तीब्र गतिका बलर शाहिन अफ्रिदी मैदान उत्रिने छैनन्। यसै विषयलाई लिएर पाकिस्तानी टोलीका पूर्व कप्तान वकार युनिसले गत हप्ता ट्विट गरे। उनले भनेका थिए, ʽशाहिनको चोट भारतीय शीर्ष क्रमका ब्याट्सम्यानका लागि ठूलो राहत।ʼ  यसप्रति भारतका पूर्व खेलाडी इरफान पठानले प्रतिक्रिया स्वरुप ट्विट गरे, ʽबुमराहले यो एसिया कप नखेल्ने कुरा अन्य टोलीका लागि राहतको कुरा होʼ। भारतीय फास्ट बलर जसप्रित बुमराहको ढाडमा लागेको चोटका कारण यो प्रतियोगिता खेल्ने छैनन्।

तर पूर्व खेलाडीहरुले एकअर्काप्रति विवादास्पद टिप्पणी गरे पनि अहिले टिमका खेलाडीले भने एकअर्कालाई समर्थन गरिरहेका छन्। केही समयअघि भारतका विराट कोहलीले राम्रो लयमा खेल्न सकेनन्। उनले राम्रो इनिङ खेल्न सकिरहेका थिएनन्। त्यसैबीच पाकिस्तानी कप्तान बाबर आजमले कोहलीलाई समर्थन गर्दै उनलाई सन्देश पठाएका थिए। बाबरले भनेका थिए, ʽतिम्रो खराब समय चाँडै समाप्त हुनेछ। आत्मविश्वास उच्च राख र बलियो बन। हार नमानʼ। आफूलाई समर्थन गरेका बाबरलाई कोहलीले पनि जवाफ सुन्दर जवाफ दिए- धन्यवाद बाबर, तिमी सधैं चम्किरहनु, सधैं छाइरहनु, तिमीलाई शुभकामना।ʼ यसबाहेक पनि यी दुवै खेलाडीबीच राम्रो सम्बन्ध देखिन्छ। पछिल्लो समय उच्च प्रदर्शन गर्दै आएका बाबर आजम एक दिवसीय र टि-ट्वान्टी क्रिकेटमा नम्बर १ वरियतामा छन्।

विगतलाई हेर्दा भारत र पाकिस्तान पहिलो पटक सन् १९८४ मा शारजहाँमा भएको एसिया कपको उद्घाटन खेलमा भिडेका थिए। भारतले उक्त खेल ५४ रनले जित्दै उपाधि पनि जितेको थियो। भारतमाथि पाकिस्तानको पहिलो जित सन् १९९५ को संस्करणमा भएको थियो जहाँ उसले शारजहाँमा ९७ रनले जित हासिल गरेको थियो। पछिल्ला वर्षहरूमा भारत पाकिस्तानविरुद्ध हावी देखिन्छ।  आफ्नो पछिल्लो ६ एसिया कप खेलमध्ये भारतले पाँच खेल जितेको छ। हेड टु हेड हेर्दा टेष्ट र एकदिवसीयमा क्रिकेटमा भारतभन्दा पाकिस्तान अघि देखिए पनि एकआपसमा खेलिएको खेलमा भारत बलियो छ। दुई टिमले १४ खेल एसिया कपमा खेलिसकेका छन्, जसमध्ये भारत आठ खेलमा विजयी भएको छ भने पाँच खेलमा पराजित भएको छ। 

corrent noodles
Metro Mart

आजको खेललाई लिएर दुवै टिमका कप्तान उत्साहित रहेका छन्। भारतका कप्तान रोहित शर्माले भनेका छन्, 'पाकिस्तानविरुद्ध खेल्नु पक्कै पनि चुनौतिपुर्ण हुनेछ। हामी यसअघि व्यहोरेको हारको परिणामको बारेमा कुरा गर्छौं। दुई वर्षअघिको हारले हामीलाई त्यस समयमा चोट पुर्यायो, तर मलाई लाग्छ कि त्यो खेल खेलेको वर्षौं बितिसक्यो। हामी हाम्रो गल्तीहरूबाट सिक्छौं। अहिलेको अवस्थामा, यो हाम्रो लागि नयाँ सुरुवात हो। हाम्रो टोली धेरै टि-ट्वान्टी क्रिकेट खेलेरै आएको हो। यसअघि के भयो भनेर धेरै सोच्दैनौं।ʼʼ

त्यस्तै पाकिस्तानका कप्तान बाबर आजमले भनेका   छन्, 'यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। दुवै टोली केही प्रेसरमा पनि छन्। प्रत्येक खेल मेरो लागि महत्त्वपूर्ण छ र कप्तानको रूपमा मेरो जिम्मेवारी हो कि म आफ्नो शतप्रतिशत दिन्छु। हाम्रा महत्वपूर्ण खेलाडीहरुलाई चोटले सताएको छ। हामीसँग राम्रो बेन्च स्ट्रेन्थ छ र हामीसँग युवा तेज बलरहरूले राम्रो प्रदर्शन गरेका छन्। मलाई उनीहरूमा विश्वास छ।'

जारी एसिया कपको पहिलो खेलमा श्रीलंकालाई आठ विकेटले पराजित गर्दै अफगानिस्तानले विजयी सुरुवात गरेको छ। ६ टोली सहभागी प्रतियोगिताको समूह ʽएʼ मा भारत, पाकिस्तान र हङकङ छन् समूह ʽबीʼ मा अफगानिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्।

भारतको सम्भावित प्लेइङ-११
केएल राहुल (उपकप्तान), रोहित शर्मा (कप्तान), विराट कोहली, सूर्यकुमार यादव,  हार्दिक पाण्ड्या, ऋषभ पन्त, दिनेश कार्तिक ,रविन्द्र जडेजा, भुवनेश्वर कुमार, आर अश्विनर, अवेश खान , युजवेन्द्र चहल, अर्शदीप सिंह

पाकिस्तानको सम्भावित प्लेइङ-११
बाबर आजम (कप्तान), मोहम्मद रिजवान, फखर जमान, आसिफ अली, इफ्तिखार अहमद, खुशदिल शाह, शादाब खान (उपकप्तान), मोहम्मद नवाज, उस्मान कादिर, शाहनवाज दहनी, मोहम्मद हसनैन, हरिस रउफ, नसीम शाह

- अलजजिरा, क्रिकेट एडिक्टर, हिन्दूस्तान टाइम्स र बीबीसीको सहयोगमा


प्रकाशित: Aug 28, 2022| 17:02 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।