शुक्रबार, चैत १३, २०८२

भार्डि र काहिल इंग्ल्यान्डको अन्तराष्ट्रिय टिमबाट बाहिरिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- इंग्ल्यान्डका जेमी भार्डि र ग्यारी काहिल अन्तराष्ट्रिय खेल जिवनबाट बाहिरिने भएका छन् । नयाँ खेलाडीहरुलाई अवसर दिने भन्दै खेलाडी द्धोयले अन्तराष्ट्रिय खेल जिवनबाट बाहिरिन लागेको बताएका हुन् । तर, खेलाडी द्धोयले अन्तराष्ट्रिय खेल जिवनबाट पुर्ण रुपमा नबाहिरिने बताएका छन् । यससँगै इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटलाई आफ्नो टिममा नयाँ खेलाडी भित्र्याउन सहज हुने छ । 

लेस्टिर सिटीका स्ट्राइकर भार्डिले राष्ट्रिय टिमका लागि २६ खेल खेलि सकेका छन् । २०१५ बाट आयरल्यान्ड विरुद्धको खेलबाट डेव्यु गरेका उनले एक मात्र रसिया विश्वकप खेलेका छन । ३१ बर्षिय भार्डिले यसबारेमा केहि समय पहिले देखि सोचिरहेको बताएका छन । 

‘रुस विश्वकपमा युवा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । म अब युवा खेलाडी बन्न सक्दैन । किनकी मेरो उमेर ढल्दै गहिरहेको छ’ उनले भने, ‘राष्ट्रिय टिमलाई आवश्यक परेको खण्डमा पुन छिममा पर्किने बताएका छन् ।’ भाडिले रुस विश्वकपमा चारवटा खेल खेले । उक्त विश्वकपमा इंग्ल्यान्डले सेमिफाइनल सम्मको यात्रा तयगरेको थियो ।

त्यस्तै २०१० मा राष्ट्रिय टिममा डेव्यु गरेका ३२ बर्षिय चेल्सि डिफेन्डर काहिलले ६१ खेल खेल्दै ५ गोल गरेका छन् । उनले रुस विश्वकपको समूह चरणमा बेल्जियमसँगको एक मात्र खेल खेलेका थिए । 

‘मैले देखि रहेको छु । अहिले नयाँ युवा खेलाडीहरु राम्रा छन् र मेरा लागि राष्ट्रिय टिमबाट अलगिने यो राम्रो समय हो ।’ काहिलले भने, ‘राष्ट्रिय टिमका लागि खेल्न पाउनु मेरा लागी एक सम्मानको बिषय हो र म कहिलै राष्ट्रिय टिमका लागि ढोका बन्द गर्ने छैन् । किनकी टिमलाई समस्य परेको बेला जुन सुकै अवस्थामा पनि टिमका लागि फर्किने छु ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।