काठमाडौं- विश्व टेस्ट च्याम्पियन्सिपअन्तर्गत इन्डिया र इंग्ल्यान्डबीच टेस्ट क्रिकेटको पाँचौँ दिन मौसम प्रतिकूल भएपछि खेल बराबरीमा रोकिएको छ।
इंग्ल्यान्डको नटिङ्घममा अगस्ट ४ बाट सुरु भएको टेस्ट सिरिजको पहिलो खेलमा मौसम प्रतिकूल बनेपछि खेल बराबरीमा रोकिएको हो।
बराबरीमा रोकिनुअघि टेस्टको चौथो दिनमा इंग्ल्यान्डले विस्फोटक ब्याटिङ गर्दै ३०३ रन जोडेको थियो।
इन्डियाका उत्कृष्ट बलरसामु इंग्ल्यान्डले ३०३ रन जोडेको हो। इंग्ल्यान्डका लागि कप्तान जोय रुटले १०९ रनको सतकीय पारी खेलेका थिए। त्यसबाहेक साम कुरनले ३२, जोन्नी बेयरिस्टोले ३० र डोब सिब्लेले २८ रन बनाए।
इन्डियाका लागि जसप्रित बुमराले पाँच विकेट लिए भने मोहम्मद सिरज र शार्दुल ठाकुरले समान २–२ विकेट लिए।
३०३ रनमा अलआउट भएपछि चौथो दिनमा इन्डियाले आफ्नो ब्याटिङ थालेको थियो। उसले एक विकेट गुमाएर ५२ रन बनाउँदासम्म १५७ रनले पछि थियो।
पहिलो टेस्टमा जित निकाल्नका लागि इन्डियाले १० विकेट अघि नै १५७ रन बनाउनु पर्नेमा पाँचौँ दिनको खेल प्रभावित भएको थियो। र, खेल बरबरीमा रोकियो।
त्यस्तै, टेस्टको आफ्नो पहिलो पारीमा रुटको ६४ रन सहयोगमा इंग्ल्यान्डले १८३ रन बनाएको थियो भने केएल राहुलको ८४ रन सहयागेमा इन्डियाले २७८ रन बनाएको थियो।