बिहीबार, असार ३२, २०८३

च्याम्पियन्स लिगमा बार्सिलोनासँग खेल्न नपरोसः नेयमार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार जुनियरले युइएफए च्याम्पियन्स लिगमा आफ्नो पूर्व क्लब बार्सिलोनासँग खेल्न नपरोस भन्ने आशय राखेका छन् ।

व्यापारिक कार्यको सिलसिलामा बार्सिलोना पुगेका नेयमारले मुन्डो डिर्पाेटिभोसँगको अन्तर्वार्ताका क्रममा च्याम्पियन्स लिगमा बार्सिलोनासँग खेल्न नपरोस् भन्ने धारणा राखेका हुन् । ‘म सधैं बार्सिलोनाका साथीहरुसँग नजिक रहेको छु । मेरो बार्सिलानाका पूर्व सहकर्मीसँग राम्रो सम्बन्ध रहेको छ । उनीहरु सबै उत्कृष्ट छन् ।’

अन्र्तवार्ताका क्रममा नेयमारले भनेका छन्, ‘मलाई बार्सिलोनाको सामना गर्न निक्कै गाह्रो महसुस हुनेछ । त्यसैले म च्याम्पियन्स लिगमा बार्सिलोनासँग खेल्ने चाहना छैन ।’

यस सिजनको च्याम्पियन्स लिगको समूह चरणको ‘ड्र’ शुक्रबार हुँदैछ । नेयमार गतवर्ष विश्व कीर्तिमानी २२२ मिलियन पाउन्डमा पीएसजी पुगेका थिए । सन् २०१३ मा ब्राजिलियन क्लब सान्तोषबाट बार्सिलोना पुगेका नेयमारले २०१४–१५ को सिजनमा च्याम्पियन्स लिग जितेका थिए । 

२०१६–१७ को सिजनमा बार्सिलोनाले पीएसजीलाई पराजित गरेको थियो । अघिल्लो सिजन पीएसजी प्रि–क्वाटरफाइनलमा रियलसँग पराजित हुँदा बार्सिलोना क्वाटरफाइनलमा रोमासँग निराश बनेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।