शुक्रबार, साउन १५, २०८३

बर्दिया, मोरङ र सप्तरीमा डुबेर तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा डुबेर तीन जनाको ज्यान गएको छ।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा डुबेर तीन जनाको ज्यान गएको छ।

बर्दिया, बासगढी नगरपालिका-६ सतरिया टोल बस्ने ६५ वर्षीया मानसी थारुको घर नजिकै रहेको सतरिया नालामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ। 

मोरङ, रतुवामाई नगरपालिका-५ उल्लु कुट्टुमिल डाँडास्थित जमेको पानीमा डुबेर सुनबर्षी नगरपालिका-४ बस्ने ३५ वर्षीय लालजी रिषिदेवको शनिबार दिउँसो मृत्यु भएको छ। 

सप्तरी, कंन्चनपुर नगरपालिका-३ गोरपारस्थित सार्वजनिक पोखरीमा डुबेर भारत घर भएका रन्जित शर्माकी ३ वर्षीया छोरी श्रृष्टि कुमारी शर्माको शनिबार दिउँसो मृत्यु भएको छ। 

पोखरीमा डुबेर अशक्त भएकी उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Aug 28, 2022| 13:24 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।