शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

National life

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-६ स्थित सडकमा बा७६प १३५ नम्बरको स्कुटर र बागमती प्रदेश ०२-०१९ प २४७६ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ।

शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक शंखरापुर नगरपालिका-५ पालुवारी घर भएका ३५ वर्षीया बालकुमार कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जना र मोटरसाइकल चालकको शिक्षण अस्पताल महाराजगंजमा र मोटरसाइकलमा सवार एक जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। 

बारा, जितपुरसिमरा उपमहानगरपालिका(३ बजनीमा बा७१प २९७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री पर्सा वीरगंज महानगरपालिका-१० रानीघाट बस्ने ४५ वर्षीय शम्भु साहको शनिबार साँझ मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका उनको अल्पाइन अस्पताल सिमरा हुँदै थप उपचारको लागि नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनमा घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको अल्पाईन अस्पताल सिमरामा उपचार भइरहेको छ । 

यसैगरी बारा, कलैया उपमहानगरपालिका-४ अदालत टोलमा बा प्र०१-०२६ च ११२६ नम्बरको पिकअप आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएर शनिबार राति दुर्घटना हुँदा पिकअप चालक हाल नाम, थर, वतन नखुलेका पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

यसैगरी बारा, निजगढ नगरपालिका-१० स्थित सडकमा हाल नम्बर नखुलेको अटो र बागमती प्रदेश ०३-०४ प ३९९७ नम्बरको स्कुटर ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार निजगढ नगरपालिका-७ माझी टोल बस्ने शेखर पुलामीको ६ वर्षीया छोरी सिअल पुलामीको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको निजगढ नेशनल हस्पिटल हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो। दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१३ बडेरामा लु६२प १२९२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ बस्ने २९ वर्षीय बिनय रायमाझीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Aug 28, 2022| 12:50 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।