बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १७ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा एक युवक पक्राउ

१७ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा एक युवक पक्राउ

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९
National life
Shivam cement

दाङ- १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बबई गाउँपालिका-५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारी रहेका छन्।

उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ। अधिकारीले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

युवकलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


प्रकाशित: Aug 28, 2022| 12:18 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।