पाल्पा- पाल्पामा छोराले बुवाको हत्या गरेका छन्। पाल्पाको माथागढी गाउँपालिका-४ नेटाका १४ वर्षीय छोराले ४५ वर्षीय तिलबहादुर दिसाको हत्या गरेका हुन्।
पारिवारिक झगडा भएपछि शनिबार राति ८ बजे छोराले तिलबहादुरको टाउकोमा चिर्पटले हानेका थिए। तिलबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
घटनाबारे स्थानीयले आइतबार बिहान खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
प्रहरी टोलीले तिलबहादुरका छोरालाई नियन्त्रणमा लिएको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको प्रवक्ता थापाले बताए।