रोल्पा- रोल्पाको माडी खोलामा जीप खस्दा एक जना बेपत्ता भएका छन्। दुर्घटनामा परी एक जना घाइते भएका छन्।
बेपत्ता हुनेमा जीप चालक नुवाकोट ककनी–३ का बुद्धिबहादुर लामा रहेका छन्। बैतडीको पाटन घर भएका मनोज चन्द घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। रोल्पाको माडी गाउँपालिका-४ सिस्ने बजारबाट घर्तीगाउँका लागि छुटेको बा७च ५००२ नम्बरको जीप सडकबाट करिब एकसय मिटर तल माडी खोलामा खसेको हो।
नेपाली सेनाको टोलीले बेपत्ताको खोजी गरिरहेको छ। दुर्घटना भएको गाडी शहीदमार्ग सडक आयोजनाका निर्माण व्यवसायीको भएको इलाका प्रहरी कार्यालय घर्तीगाउँले जनाएको छ।