शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ताप्लेजुङका एक सय ५२ घरधुरीलाई पुनःस्थापनाका लागि सिफारिस

ताप्लेजुङका एक सय ५२ घरधुरीलाई पुनःस्थापनाका लागि सिफारिस

बाढी र पहिरोबाट विस्थापितलाई पुनःस्थापनाका लागि समितिले सो सिफारिस गरेको हो।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

ताप्लेजुङ- जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जिल्लाका एक सय ५२ घर परिवारलाई पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष सिफारिस गरेको छ। बाढी र पहिरोबाट विस्थापितलाई पुनःस्थापनाका लागि समितिले सो सिफारिस गरेको हो।

National life

सिरिजङ्गा गाउँपालिकामा एक सय १७ र  सिदिङ्वा गाउँपालिकामा ३५ घरधुरी परिवारलाई  पुनःस्थापनाका लागि प्राधिकरण समक्ष सिफारिस गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए। सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका विभिन्न गाउँमा गत असार २४ गते गएको बाढी र पहिरोबाट ती घरपरिवार विस्थापित भएका थिए।  

 गत साउन १८ गते सिरिजङ्गा र सिदिङ्वाले असार २४ गते बाढी र पहिरोबाट उक्त सङ्ख्याका घरधुरी विस्थापित भएको जनाउँदै पुनःस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिसमक्ष पत्र पठाएका थिए। 

बाढी पहिराबाट विस्थापित केही परिवार अहिले आफ्ना आफन्तको घरमा बसेको र केही परिवारले भने टहरा बनाएर बस्दै आएका जनाएको छ। सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले भने, ‘बाढी पहिरोबाट विस्थापितलाई पुन स्थापना गर्न संघीय तथा प्रादेश सरकारले ध्यान दिनुपर्छ।’  -रासस

प्रकाशित: Aug 28, 2022| 10:23 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।