शुक्रबार, चैत १३, २०८२

सागरको अर्धशतकमा नेपालले ओमनलाई दियो २२२ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- मलेसियामा जारी एसियन कप क्रिकेट छनोटमा नेपालले आफ्नो पहिलो खेलमा ओमनलाई दुई सय २२ रनको लक्ष्य सुम्पेको छ । पहिले टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेट गुमाउदै दुई सय २१ रन जोडेको थियो । 

नेपालका लागि सागर पुनले अर्धशतकिय पारी खेले । उनले ८४ बल खेल्दै छ चौका र दुई छक्काको मद्दतमा ८३ रन जोडे । त्यस्तै उपकप्तान ज्ञनेन्द्र मल्ल अर्धशतक बनाउनबाट ५ रनले चुके । मल्लले ६० बलमा ६ चौका र एक छक्काको मद्दतमा ४५ रज जोड्दै आउट हुन पुगे । 

मध्यक्रममा मैदान प्रवेश गरेका आरिफ सेख र पुनको जोडीले धरमराएको नेपाली ब्याटिङलाई उकासेका थिए । आरिफले ७४ बल खेल्दै तीन चौकाको मद्दतमा ३६ रन जोडे । अन्तिम दोस्रो ओभरमा मैदान प्रवेश गरेका करन केसीले बिस्फोटक ब्याटिङ गर्दै १० बलमा २६ रन जोडे । उनले १० बलमा दुई छक्का र एक चौका प्रहार गरेका थिए । नेपालका लागि अन्य ब्याट्स म्यानले दोहोरो अंक छुन सकेनन् । 

नेपालले ८.१ ओभरमा ३१ रन जोड्दा पहिलो विकेटको रुपमा ओपनर सुवास खकुरेललाई गुमाउन पुगेका थियो । उनले १५ बलमा ४ रन मात्र जोड्न सके । त्यस्तै १५.५ ओरमा ५६ रन पुग्दा कप्तान पारस खड्काले २४ बलमा ८ जोड्दै  आउट भए । तेस्रो विकेटका रुपमा ज्ञानेन्द्रलाई गुमाउँदा मैदान प्रवेश गरेका दिपेन्द्र सिंह ऐरि १६ बलमा ९ रनमा आउट भए ।

ओमनका लागि बिलाल खान, मोहमद नदिम र अजय लालचेताले समान दुई–दुई विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।