बुधबार, फागुन २०, २०८२

भारतका नयाँ प्रधानन्यायाधीश ललितद्वारा सपथ ग्रहण

भारतका नवनियुक्त प्रधानन्यायाधीश उदय उमेश ललितले सपथ ग्रहण गरेका छन्। तत्कालीन प्रधानन्यायाधीश एनभी रमणले अवकाश पाएको भोलिपल्ट उनले शनिबार बिहान सपथ खाएका हुन्।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

नयाँ दिल्ली- भारतका नवनियुक्त प्रधानन्यायाधीश उदय उमेश ललितले सपथ ग्रहण गरेका छन्। तत्कालीन प्रधानन्यायाधीश एनभी रमणले अवकाश पाएको भोलिपल्ट उनले शनिबार बिहान सपथ खाएका हुन्। 

उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा सपथ खुवाउनु भएको थियो । उहाँ भारतको ४९ औं प्रधानन्यायाधीश बन्‍ने भएका छन्। 

उनको कार्यकाल आगामी नोभेम्बर ८ सम्म मात्रै रहने भएको छ। झण्डै तीन महिने कार्यकालमा उनले तीन कामलाई प्राथमिकता दिने बताएका छन्। 

अवकाश प्राप्त प्रधानन्यायाधीशलाई बिदाई गर्न आयोजित कार्यक्रममा नवनियुक्त प्रधानन्यायाधीश ललितले मुद्दालाई सरलीकृत गर्ने, छिटो छिटो टुङ्ग्याउने र पारदर्शी बनाउने जानकारी दिएका थिए।

उनी न्यायाधीश हुनुअघि भारतमा चर्चित अधिवक्ता थिए। अधिवक्ता मध्येबाट न्यायाधीश हुँदै प्रधानन्यायाधीश हुने उनी दोस्रो व्यक्ति भएका छन्।

kumari

उनी सुरुमा पुनरावेदन अदालतमा न्यायाधीश हुनुभएको थियो। त्यसपछि सन् २०१४ को अगस्टमा सर्वोच्च अदालतको न्यायाधीश भएका हुन्। 

सन् १९५७ को नोभेम्बरमा महाराष्ट्रको सोलापुरमा जन्मिनु भएका ललितका पिता पनि न्यायाधीश नै थिए। 

प्रकाशित: Aug 27, 2022| 22:01 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।