बिहीबार, वैशाख १०, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • फिलिपिन्समा कोरोनाबाट एक दिनमा २५ सय संक्रमित, ५४ को मृत्यु

फिलिपिन्समा कोरोनाबाट एक दिनमा २५ सय संक्रमित, ५४ को मृत्यु

फिलिपिन्समा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा ५४ जनाको मृत्यु भएको छ। पछिल्लो समय फिलिपिन्समा कोरोना भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्या धेरै देखिएको अधिकारीहरूले जनाएका छन्।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

मनिला- फिलिपिन्समा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा ५४ जनाको मृत्यु भएको छ। पछिल्लो समय फिलिपिन्समा कोरोना भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्या धेरै देखिएको अधिकारीहरूले जनाएका छन्।

National life

 उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय ६५ जना नयाँ सङ्क्रमित भएका हुन्। योसँगै फिलिपिन्समा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या ३८ लाख ७२ हजार चार सय पाँच पुगेको छ। 

दक्षिणपूर्वी एसियाली यस मुलुकमा अहिले कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने २९ हजार आठ सय सात रहेको छ। 

देशको स्वास्थ्य विभागले शनिबार दिएको जानकारी अनुसार फिलिपिन्समा अहिलेसम्म कोरोनाका कारण ६१ हजार छ सय १३ जनाको मृत्यु भएको छ।  

प्रकाशित: Aug 28, 2022| 05:30 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।