शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँके निकुञ्जमा पर्यापर्यटन प्रवर्द्धन अभियान सञ्चालन

बाँके निकुञ्जमा पर्यापर्यटन प्रवर्द्धन अभियान सञ्चालन

जीवजन्तु तथा सांस्कृतिक सम्पदा जस्ता विविध पक्षलाइ समेट्ने क्रियाकलाप भइरहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

बाँके- बाँके राष्ट्रिय निकुञ्जले पर्यापर्यटन प्रवर्द्धन अभियान सञ्चालन गरेको छ। निकुञ्जमा पूर्वाधार तयार गर्दै पर्यापर्यटनका लागि प्रकृति तथा संस्कृतिमा असर नपर्ने गरी संरक्षण गतिविधिमा स्थानीय जनसहभागिता बढाउने र जीवजन्तु तथा सांस्कृतिक सम्पदा जस्ता विविध पक्षलाइ समेट्ने क्रियाकलाप भइरहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए।

National life

उनका अनुसार निकुञ्जमा पर्यटनको सम्भावनालाई चिनाउन प्रचारप्रसार र प्रकृतिमा आधारित पर्यापर्यटन प्रवर्द्धनमा जोड दिन थालिएको छ। वन्यजन्तु र मानवबीच हुने द्वन्द्वलाई निकुञ्जका साथै सुरक्षाकर्मी, संरक्षणकर्मी र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले सहकार्यबाट न्यूनीकरण गर्दै आएका छन्।

नेपालको कान्छो निकुञ्जको रुपमा चिनिने बाँके राष्ट्रिय निकुञ्जले छोटो अवधिमै संरक्षणमा फड्को मार्दै पर्यापर्यटन प्रवर्द्धनका लागि अगाडि बढेको छ। निकुञ्जमा पूर्वाधार तयार गर्दै पर्यापर्यटनका लागि आकर्षणको केन्द्र बन्न थालेको छ। बाघ संरक्षणको मुख्य उद्देश्य रहेको बाँके निकुञ्जमा बाघको संख्या बढेर २५ पुगेको छ।  

बाँके राष्ट्रिय निकुञ्ज पर्यापर्यटन प्रवर्द्धनका लागि सरोकारवाला निकाय जुर्मुराउन थालेका छन्। सरोकारवाला निकायबीचको समन्वय र सहकार्यबाट बाँके राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन विकास गर्न लागिएको निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिकी संस्थापक अध्यक्ष सावित्रा पुनले बताए। बाँके निकुञ्ज नेपालका १०० गन्तव्यमा ५७औं स्थानमा पर्दछ। विक्रम संवत् २०६७ सालमा बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके निकुञ्जमा २०१३ मा गणना गर्दा ४ बाघ थिए भने २०२२ को गणनामा त्यो संख्या बढेर २५ पुगेको निकुञ्जले जनाएको छ। 

जैविक विविधताको संरक्षण, बाघ र बाघको आहारा प्रजातिको संरक्षण, मध्यवर्ती क्षेत्रका प्राकृतिक स्रोतको नियमन र व्यवस्थापन तथा पर्यापर्यटनको प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप काम भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले जानकारी दिए।

करीब ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके निकुञ्जमा स्तनधारी, चरा, सरिसृप, प्रजाति पाइन्छ। मुख्यतः बाघको बासस्थानका लागि उपयुक्त मानिएको निकुञ्जमा चौका प्रजाति पनि एक विशेषताका रूपमा देखिएको छ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा जीप, हात्ती सफारी, जंगल भ्रमण, चरा अवलोकन, क्याम्पिङ, हाइकिङ, होमस्टे, र्‍याफ्टिङ लगायतका प्याकेजले आन्तरिक पर्यटन प्रवर्द्धन हुँदै गएको छ।  -रासस


प्रकाशित: Aug 27, 2022| 12:40 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।