आइतबार, कात्तिक २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्रीद्वारा उद्घाटन

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्रीद्वारा उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन्।
 |  शनिबार, भदौ ११, २०७९

विनोद परियार

विनोद परियार

शनिबार, भदौ ११, २०७९

बुटवल- प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन्। संघीय सरकार सहरी विकास मन्त्रालयले निर्माण गरेको सम्मेलन केन्द्रको शनिबार एक समारोहका बीच प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन्। देउवाले सभाहलको रिबन काटेर उद्घाटन गरे। 

Kumaribank

सम्मेलन केन्द्र १ अर्ब ११ करोडको लागतमा निर्माण भएको हो। उद्घाटन समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकास मन्त्री मेटमणि चौधरी र पूर्वअर्थमन्त्री विष्णु पौडेलको उपस्थिति रहेको छ।

बुटवल उपमहानगरले संरक्षण गरेको बुटवल मण्डपमा सभाहल र अन्य साना हलमा गरी २७ सय मानिस अट्ने सम्मेलन केन्द्र तयार भएको हो। नेपालको झन्डा आकारमा तयार पारिएको सभाहल तत्कालै प्रयोग गर्न मिल्ने गरी तयार भइसकेको छ। सभाहलमा एक हजार मानिस अटाउँछन्। 

सभाहलसहित ६ वटा बैठक हल र २ वटा बहुउद्देश्यीय हल भवन तयार भएको छ। सर्भिस भवन, कर्मचारी आवास तथा अन्य आवश्यक पूर्वाधार निर्माण भएको छ। सभाहल बाहेक बैठक हल र बहुउद्देश्यीय हलमा फर्निचर, फर्निसिङको काम गर्न बाँकी रहेको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए।

सम्मेलन केन्द्र तयार भएपछि बुटवलमा अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलनहरू गर्न सहज हुने भएको छ। चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था छ। सम्मेलन केन्द्रमा हेलिप्याड समेत बनाइएको छ। प्रधानमन्त्री देउवा हेलिकप्टरमा सम्मेलन केन्द्रमा आएका थिए। सम्मेलन केन्द्र ९.६ बिगाहामा बनेको छ।

Metro Mart

प्रकाशित: Aug 27, 2022| 11:43 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...