शुक्रबार, साउन १५, २०८३

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् पक्राउ

श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

झापा- श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।

झापा गाउँपालिका-६ स्थित चन्द्रबस्ती निवासी ४० वर्षीय नाइके हस्दाले आफ्नै श्रीमती ३५ वर्षीया तालामोही हस्दालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए।

शुक्रबार राति करिव १० बजेतिर मादक पदार्थ सेवन गरी आएका हस्दाले श्रीमतीसँग झगडा गर्दै कोखामा छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको झापाका डीएसपी वसन्त पाठकले बताए।

घटनापछि हस्दा फरार भएकोमा उनलाई प्रहरीले शनिबार बिहान ८ बजे  कचनकवल गाउँपालिका-१ स्थित नेपाल-भारत सीमा नाका नजिकैबाट पक्राउ गरेको हो।

प्रकाशित: Aug 27, 2022| 10:25 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।