धनगढी- कैलालीमा हतकडीसहित भागेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार जोशीपुर गाउँपालिका-४ वाणी बस्ने शम्भु चौधरीका छोरा २८ वर्षीय शंकर चौधरी हतकडीसहित फरार भएका थिए।
शंकरलाई शुक्रबार प्रहरीले कुटपिटको आरोपमा पक्राउ गरेको थियो। उनले आफ्नै पितामाथि कुटपपिट गरेको उजुरी परेपछि प्रहरीले उनलाई घरबाटै समातेको थियो।
इलाका प्रहरी कार्यालय जोशीपुरको प्रहरी टोलिले शंकरलाई हतकडी लगाएर ल्याउने क्रममा स्थानीय पथरैया नदीमा हाम फालेर उनी भागेका थिए।
फरार भएका शंकरको खोजीका क्रममा उनलाई जोशीपुर-४ हसनापुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।