शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधान गर्न कार्यदल गठन

मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधान गर्न कार्यदल गठन

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधानका लागि कार्यदल गठन गरिएको छ।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

बुटवल- रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधानका लागि कार्यदल गठन गरिएको छ। बुटवल उपमहानगरपालिकाको संयोजनमा गृहमन्त्री बालकृष्ण खाँणको आतिथ्यता र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा सरोकारवालासहित शुक्रबार बेलुका बसेको बैठकले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको हो। 

National life

कार्यदलमा औद्योगिक क्षेत्रका कार्यालय प्रमुख, सम्बन्धित वडाका अध्यक्ष, बुटवलस्थित मालपोत कार्यालयका प्रमुख, वन कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि, प्रदेश उद्योग मन्त्रालयका अधिकृत प्रतिनिधि, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सदस्य रहेका छन्।   

यस्तै, कार्यदलको सदस्य सचिवमा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहने र कार्यदलको कार्यालय बुटवल उपमहानगरपालिकामा रहने निर्णय भएको छ। 

बैठकले मोतीपुर औद्योगिक क्षेत्रको नाममा जग्गाधनी प्रमाणपत्रमा ८१३ बिगाहा जग्गा उल्लेख भएको र सो क्षेत्रमा लामो समयदेखि व्यक्तिहरू बसोबास गरी हकभोग गरेकाले निजहरूलाई हटाइ औद्योगिक क्षेत्र सञ्चालन गर्न अप्ठ्यारो पर्ने हुँदा जग्गाको क्षेत्रफल घटाउने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।

प्रमुख पाण्डेयका अनुसार कार्यदललाई मोतीपुर औद्योगिक क्षेत्रको के कति जग्गाको क्षेत्रफल घटाउन सकिन्छ, भनी ७ दिनभित्र यथार्थ प्रतिवेदन दिने गरी अधिकार निर्णय गरेको छ। 

बैठकले कार्यदलले ७ दिनभित्र प्रतिवेदन पेस गरेपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाले कार्यदलबाट प्रतिवेदन प्राप्त भएको ३ दिन भित्र कार्यपालिकाबाट निर्णय गरी सिफारिस गर्ने निर्णय गरेको प्रमुख पाण्डेयले बताए। 

कार्यदलले छिटै नै समन्वय गर्नुपर्ने कार्यालयहरूसँग सहकार्य गरी कामको थालनी गर्ने र औद्योगिक क्षेत्रमा काम अघि बढाउन समन्वयकारी भूमिका निर्वाह गर्ने कार्यदलका सदस्य सचिव बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए।

प्रकाशित: Aug 27, 2022| 08:48 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।