शनिबार, जेठ २, २०८३

हुप्सेकोटमा स्वास्थ्य शिविर सुरु

निजामती सेवा दिवसको अवसर पारेर पूर्वी नवलपरासीको हुप्सेकोटमा तीन दिने स्वास्थ्य शिविर सुरु भएको छ।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

कावासोती- निजामती सेवा दिवसको अवसर पारेर पूर्वी नवलपरासीको हुप्सेकोटमा तीन दिने स्वास्थ्य शिविर सुरु भएको छ।

National life

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारी अस्पतालको आयोजनामा सुरु भएको शिविरमा करिब पाँच हजार बिरामीले सेवा लिने जनाइएको छ।

शिविरमा निजामती कर्मचारी अस्पताल काठमाडौं र भरतपुर अस्पताल चितवनका ५० बढी चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा दिने निजामती कर्मचारी अस्पताल काठमाडौंका आर्थिक तथा प्रशासन विभाग प्रमुख कृष्ण सापकोटाले बताए।

सापकोटाका अनुसार शिविरमा स्त्री तथा प्रसूति, हाड जोर्नी, छाला, पेट, दन्त, नाक, कान, घाटी, मुटु तथा रेडियोलोजी सम्बन्धी सेवाहरू निःशुल्क उपलब्ध हुनेछ।

सो शिविरको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का कार्यालयका सचिव मधुकुमार मरासिनीले शुक्रबार उद्घाटन गरे।

प्रकाशित: Aug 27, 2022| 08:00 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।