शुक्रबार, साउन १५, २०८३

घुस रकमसहित इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेकानिकल इन्जिनियर दीपक बमलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेकानिकल इन्जिनियर दीपक बमलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।

कर्णाली प्रदेशको यातायात व्यवस्था कार्यकालमा कार्यरत इन्जिनियर बमलाई विल बुक नवीकरण, जाँच पास नविकराण गरिदिने भन्दै सेवाग्राहीसँग लिएको तीन हजारसहित शुक्रबार पक्राउ गरेको हो।

विल बुक, जाँच पास नविकराण र रुटप्रमीट गरिदिने आश्वासनमा घुस माग गरेको भन्ने सूचनाका आधारमा खटिई गएको अख्तियारको टोलीले बिचौलिया निरक बहादुर शाही र बमलाई रिसवत बापतको रकम लिई सकेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेको दुवै जनामाथी थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित: Aug 27, 2022| 07:45 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।