शनिबार, जेठ २, २०८३

झापामा छुरा प्रहार गरी श्रीमतीको हत्या

झापामा श्रीमान‍्ले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

झापा- झापामा श्रीमान‍्ले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

National life

झापा गाउँपालिका-६, चन्द्रबस्तीमा शुक्रबार राति करिब साढे ९ बजे श्रीमान‍्को छुरा प्रहारबाट श्रीमतीको घट्नास्थलमै मृत्यु भएको हो।

झापा गाउँपालिका-६ का ४६ वर्षीय नाइके हस्ताले आफ्नै श्रीमती ४० वर्षीया तालामई हस्ताको छातिमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरेर उनले श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ।

छुरा प्रहार गरी उनी फरार भएको प्रहरीले जनाएको छ। फरार नाइके हस्तालाई खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित: Aug 27, 2022| 07:19 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।