आज २०७९ भदौ ११ गते तदनुसार २७ अगस्ट २०२२ शनिबार। भदौ कृष्ण औंसी तिथि हो। आजको राशिफल:
मेष- आज औपचारिकतामा बढी व्यस्त रहनु पर्ला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। प्रेमी र प्रेमिकाका बीच खिन्नता भने बढ्न सक्छ।
बृष- आज आफन्त तथा मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पनि मिल्नेछ।
मिथुन- आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छ। धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ।
कर्कट- आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ।
सिंह- काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुनसक्छ। धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दु:ख हुन सक्छ।
कन्या- आज मन हर्ष र प्रसन्नताका साथ समय व्यतित हुनेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्नेछ।
तुला- परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। व्यापारमा विशेष सफलता हात लाग्नेछ।
बृश्चिक- आज कर्तव्य बोध हुने र आस्था बढ्नेछ। परोपकार आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ। भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ।
धनु- यात्रा गर्ने अवसर जुट्न सक्छ। वाणीमा कुशलता आउने योग परेको दिन छ। करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
मकर- लामो समयबाट रोकिएको काम पुन: प्रारम्भ हुनेछ। वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ। शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ।
कुम्भ- आज नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ। कसै सैलाई परदेशी घर फर्कने र रमाइलो वातावरण छाउनेछ।
मीन- सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ। व्यावसायिक काममा खर्च बढ्नेछ। धैर्य र संयमताका साथ गरेका कामबाट फाइदा पुग्न सक्छ।
(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आएका पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सकिन्छ।)