बुधबार, फागुन २०, २०८२

भाजपा नेतृ फोगाटको बलात्कारपछि हत्या भएको दाबी

फोगाट भूतपूर्व ‘टिकटक स्टार’ पनि थिइन्। उत्तर भारतस्थित हरियाणा राज्यकी उनी भारतीय जनता पार्टीको तर्फबाट सन् २०१९ को राज्य विधानसभामा पराजित उम्मेदवार थिइन्।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

नयाँदिल्ली- भारतीय जनता पार्टीकी नेतृ सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। फोगाटको शव परीक्षण (फोस्टमोर्टम)का क्रममा शरीरमा ‘कैयौँ चोट’ भेटिएको रिपोर्ट अस्पतालले दिएको छ। 

फोगाट भूतपूर्व ‘टिकटक स्टार’ पनि थिइन्। उत्तर भारतस्थित हरियाणा राज्यकी उनी भारतीय जनता पार्टीको तर्फबाट सन् २०१९ को राज्य विधानसभामा पराजित उम्मेदवार थिइन्।  

प्रहरीका अनुसार सन्दिग्ध ती दुवै जनालाई बिहीवार साँझ पक्राउ गरिएको हो। पारिवारिक स्रोतका अनुसार सीसीटीभीद्वारा खिचेको दृश्यमा उनसँगै रहेका दुईमध्ये एक जनाले जबरजस्ती कुनै पदार्थ सेवन गराएको देखिएको छ। उक्त पदार्थ नशालु हुन सक्ने प्रहरीको अनुमान छ। 

पश्चिमी राज्य गोवा भ्रमणका बेला यही अगस्ट २२ गते मृत्यु भएकी फोगाट ४२ वर्षकी थिइन्। प्रारम्भिक रिपोर्टमा हृदयाघातका कारण निधन भएको बताइएको थियो। तर परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाटकै सहयोगीहरूले बलात्कार पछि हत्या गरेको आरोप लगाएका छन्।

उनका दुईजना निजी सहयोगीको नाम लिँदै सोनाली फोगाटका भाइले ती सहयोगीहरूले भिडिओ बनाएर ब्ल्याकमेल गर्ने गरेको आरोप पनि लगाएका छन्। फोगाटको बलात्कारपछि हत्या भएको उनको पनि दाबी छ। 

kumari

ती व्यक्तिले फोगाटलाई उनको राजनीतिक जीवन ध्वस्त बनाइदिने भन्दै धम्की दिने गरेका थिए। फोगाटका सम्पत्तिसम्बन्धी कागजपत्र र एटीएम कार्डसहित केही व्यक्तिगत सामग्रीहरू ती व्यक्तिले कब्जा गरेको उनको आरोप छ। 

प्रकाशित: Aug 26, 2022| 21:38 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।