शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साढे १३ लाख बोकेर लुखुरलुखुर नेपालयात्रा, स्रोत नखुलाउन नसकेपछि पक्राउ

साढे १३ लाख बोकेर लुखुरलुखुर नेपालयात्रा, स्रोत नखुलाउन नसकेपछि पक्राउ

भारतबाट नेपालतर्फ पैदल आउदैं गरेका उनलाई भदौ १० गते पौने १२ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं- स्रोत नखुलेको १३ लाख ६० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा जिल्ला झापा गाउँपालिका-१ लसुना बस्ने ५४ वर्षीय तेजबहादुर गणेश छन्। 

भारतबाट नेपालतर्फ पैदल आउदैं गरेका उनलाई भदौ १० गते पौने १२ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। उनलाई प्रहरीले लसुनाबाट नै पक्राउ गरेको हो। 

भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा शंका लागेपछि प्रहरीले जाँच गरेको थियो। जाँचका क्रममा साथबाट प्लास्टिकको २ वटा झोला प्याक गरी बोरामा राखी लुकाईछिपाई ठूलो रकम नेपाल ल्याउन लागेका थिए। 

उनको साथबाट प्रहरीले नेपाली १ हजार दरको नोट ९०० थान (९ लाख), ५ सय दरको नोट ८०० थान (४ लाख) र १ सय़ दरको नोट ६०० थान (६००००) गरी जम्मा १३ लाख ६० हजार नेपाली रुपैयाँ फेला पारेको जानकारी प्रहरीले दिएको छ। उनले उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो।

उनलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ। 

प्रकाशित: Aug 26, 2022| 21:17 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।