शनिबार, मंसिर ६, २०८२

नेपाललाई 'साबा'मा स्वर्ण दिलाउने सदीनाको सपना

पछिल्लो समय एसियन गेम्स, साफ तथा साबामा प्रभाव जमाउन सफल नेपाली महिला टोलीले हालसम्म स्वर्ण पदक जितेको छैन। एक महिनापछि माल्दिभ्समा हुने साबामा स्वर्ण जित्ने लक्ष्यसहित तीन महिनादेखि निरन्तर प्रशिक्षणमा छ महिला बास्केटबल टोली।
 |  शनिबार, भदौ ११, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

शनिबार, भदौ ११, २०७९

काठमाडौं– पहिलो संस्करणको साबा वुमन्स च्याम्पियन्सिप सम्पन्न भएको ६ वर्षपछि नेपालले अर्को महिना सेप्टेम्बरमा माल्दिभ्समा दोस्रो संस्करणको प्रतियोगितामा सहभागी जनाउँदै छ। सन् २०१६ मा पहिलो संस्करणको साबा च्याम्पियनसिप नेपालमा भएको थियो। उक्त प्रतियोगितामा नेपालले रजत पदक जितेको थियो।

National life

पछिल्लो समय एसियन गेम्स, साफ तथा साबामा प्रभाव जमाउन सफल भएको नेपाली महिला टोलीले हालसम्म स्वर्ण पदक भने जितेको छैन। साबा, र सागमा रजत जित्नु नै नेपाली बास्केटबल टोलीको अहिलेसम्मको ठूलो उपलब्धि मानिन्छ।

माल्दिभ्समा हुन लागेको साबालाई लिएर नेपाली महिला राष्ट्रिय बास्केटबल टिम कप्तान सदीना श्रेष्ठ उत्साहित देखिन्छिन्। साथै, उनले उक्त प्रतियोगिताका लागि तयारी राम्रो भइरहेको बताइन्।

‘हाम्रो तयारी एकदमै राम्रो भइरहेको छ। दुई–तीन महिना भइसक्यो, तयारी सुरु गरेको। अझै पनि हामी दैनिक रूपमा तयारी गरिरहेका छौं। अब एक महिना बाँकी छ, साबाका लागि। त्यसैले हाम्रो तयारीलाई अझै तीव्र बनाइरहेका छौं। प्रशिक्षण एकदमै राम्रो भइरहेको छ’, उनले भनिन्।

उनले नेपालले यसअघि नै रजद पदक ल्याइसकेका कारण त्योभन्दा तल नझर्ने बताएकी छन्। टिममा नयाँ खेलाडी धेरै छन्। उनीहरूसँग पुराना खेलाडीले राम्रो समन्वय गरेर प्रशिक्षण लिइरहेको उनको दाबी छ।

Laxmi sunrise bank
kumari

उनले भनिन्, ‘हामीले यसअघिको प्रतियोगितामा कास्य जितिसकेका छौं। यसले गर्दा हामी त्योभन्दा तल झर्ने कुरै भएन। हाम्रो मुख्य लक्ष्य भनेको गोल्ड मेडलै हो। हामीले यस पटक जसरी पनि गोल्ड जितेर इतिहास बनाउनेछौं। टिममा नयाँ खेलाडी छन्। उनीहरूसँग अनुभव कम भए पनि पुराना खेलाडीसँग राम्रो साझेदारी गरेर काम गरिरहेका छांै। उनीहरूलाई नयाँ कुरा सिकाइरहेका छौं। प्रतियोगितालाई लिएर सबै खेलाडी उत्साहित छन्।’ 

अहिले रंगशालामै प्रशिक्षण लिइरहे पनि कहिलेकाही विभिन्न बाधाले गर्दा निरन्तर गर्न नपाएको गुनासो उनको छ। उनले भनिन्, ‘अहिले हामीले ट्रेनिङ रंगशालाकै कोर्टमै गरिरहेका छौं। तर कहिलेकाहीँ अन्य खेल पनि त्यही हुने हुँदा हामीले ट्रेनिङ गर्न पाउँदैनौं। तर पहिलेजस्तो धेरै प्रशिक्षण गर्न नपाउने समस्या अहिले छैन।’

पछिल्लो समय एसियन गेम्स, साफ तथा साबामा प्रभाव जमाउन सफल नेपाली महिला टोलीले हालसम्म स्वर्ण पदक जितेको छैन। एक महिनापछि माल्दिभ्समा हुने साबामा स्वर्ण जित्ने लक्ष्यसहित तीन महिनादेखि निरन्तर प्रशिक्षणमा छ महिला बास्केटबल टोली।

राष्ट्रिय बास्केटबल संघका तत्कालीन अध्यक्ष लामा टेन्डी शेर्पाको कोभिड तथा अन्य रोगका कारण निधन भएको थियो। शेर्पाले निधनअघि नै संघको कार्यवाहक अध्यक्षमा गुरुङलाई नियुक्त गराएका थिए। गुरुङको नेतृत्वमा पछिल्लो समय नेपालमा राष्ट्रिय स्तरका बास्केटबल प्रतियोगिता शून्यजस्तै देखिन्छन्। गुरुङको अध्यक्षमा नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता साबा च्याम्पियन्ससिप खेल्दै छ। 

प्रतियोगितालाई लिएर कार्यवाहक अध्यक्ष गुरुङले धेरै समयपछि खेल हुन लागेकाले तयारी तीव्र पारेको बताए। नेपालमा बास्केटबल खेल कोभिड तथा विभिन्न कारणले केही समय सुस्ताए पनि अहिले त्यसले निरन्तरता पाउने क्रममा रहेको उनले सुनाए। खेलाडीले निरन्तर खेल्न पाइरहेको उनको दाबी छ।

‘नेपालमा पछिल्लो समय कोभिड–१९ महामारीका कारण बास्केटबल मात्र होइन, अरु खेल पनि निरन्तर हुन सकिरहेका छैनन्। खेलकुदका कार्यक्रम केही सुस्ताएको पक्कै हो। तर हाम्रा खेलाडीले खेल्न पाएका छन्। पछिल्लो समय बास्केटबल प्रतियोगिता कम भए पनि खेलाडीले खेलिरहेका छन्। बास्केटबलका स्कुल, कलेज तथा अन्य धेरै ओपन च्याम्पियनसिप भइरहेका छन्। हाम्रा खेलाडीले सातामा एउटाजस्तो प्रतियोगिता खेलिरहेकै छन्। सोही  खेल नै नभएको भन्न मिल्दैन। तर अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता कम भएका हुन्। त्यो हाम्रो कारणले होइन, अन्तर्राष्ट्रिय साबाको आफ्नै किसिमको क्यालेन्डर हुन्छ। त्योअनुसार उसले प्रतियोगिता आयोजना गर्न नसक्दा अन्तर्राष्ट्रिय खेलमा कमी देखिएको हो।’ अब नेपालले साबा खेल्दै छ भने त्यसपछि एसियन गेम्स पनि हुँदै छ। राष्ट्रिय स्तरमा पनि विभिन्न प्रतियोगितालाई निरन्तरता दिइने उनले बताए।

तस्बिर सदिनाकै फेसबुकबाट
नेपाली राष्ट्रिय खेलाडीले निरन्तर ट्रेनिङ गरिरहेको उनको भनाइ छ। नेपालले अब हुन लागेका साबा र एसियन गेम्सका लागि लामो समयदेखि नै तयारी गरिरहेको उनले जनाए। उनले साबाबाट पदक आउनेमा विश्वस्त रहेको सुनाए। उनले भने, ‘हामीले धेरै समयअघि नै साबा र एसियन गेम्सका लागि तयारी गरिरहेकै छौं। खेलाडीले पनि निरन्तर ट्रेनिङ गरिरहेका छन्। यसले गर्दा नेपालले कुनै न कुनै पदक पक्का ल्याउनेछ।’

खेलाडीले खेल्न नपाएको कुरा सत्य नरहेको उनी बताउँछन्। उनी भन्छन्, ‘खेलाडी कुनै न कुनै क्लबमा आबद्ध भएर खेलिरहेका छन्। यसले गर्दा नेपाली खेलाडीले खेल खेल्नै नपाएको कुरा सत्य होइन। तर विभिन्न कारणले राष्ट्रिय स्तरका खेल नहुँदा खेलाडीले खेल्न नपाएका हुन्। तर क्लबमा आबद्ध खेलाडी खेलिरहेकै छन्।’

नेपाली राष्ट्रिय बास्केटबल प्रशिक्षक विकास शाहीले १६ खेलाडीलाई अहिले दैनिक रूपमा प्रशिक्षण गराइरहेका छन्। सोही खेलाडीलाई छानेर १२ सदस्यीय अन्तिम टोली केही साताभित्रै छनोट गरिनेछ। 

नेपाली बास्केटबल टिम लामो समयदेखि स्पोन्सरसिपको खोजीमा भए पनि पाएको थिएन। हालै मात्र नेपली बास्केटबल टोलीले इतिहासमै पहिलो पटक किट स्पोन्सर पाएको छ। नेपाली पुरुष तथा महिला टोलीलाई, खेल सामग्री उत्पादन कम्पनी लिनिङको नेपालमा आधिकारिक बिक्रेता चाइना ट्रेड लिंक प्रालिले स्पोन्सर गरेको हो। संघका कार्यवाहक अध्यक्ष भीम गुरुङ र चाइना ट्रेड लिंकका प्रबन्ध निर्देशक राजेन महर्जनले दुई वर्षे अवधिका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। नेपाली सिनियर राष्ट्रिय टिम, उमेर समूह र थ्री बाई थ्री टिमले अबको दुई वर्षसम्म लिनिङको किट लगाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछन्।

प्रकाशित: Aug 27, 2022| 10:58 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।