शुक्रबार, साउन १, २०८३

एसियन कप छनोटमा भोली नेपालले ओमानसँग भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एसियन कप क्रिकेट छनोटका लागि मलेसिया पुगेको नेपालले बुधबार ओमानसँग खेल्दै छनोटको यात्रा शुरु गर्नेछ। मलेसियासँगको खेल नेपाली समय अनुसार बिहान ७:४५ बजे शुरु हुनेछ।

नामिबियामा भएको पछिल्लो भेट वर्ल्ड क्रिकेट लिग डिभिजन २ मा नेपालले ओमानसँग ६ विकेटले पराजित भएको थियो। नेपाल र ओमानबीच अहिलेसम्म ६ पटक प्रतिस्पर्धा भइसकेको छ। जसमा दुवै टोलीले समान ३ खेल जितेका छन्। 

विश्व क्रिकेटका ठूला नामसँग खेल्न पाउने अवसर नेपाललगायत सबै टोली गुमाउन चाहदैनन्। त्यसैले हरेक टोली जितबाट छनोटको यात्रा सुरु गर्न चाहन्छन्। नेपाल, ओमानसँगै छनोटमा युईए, हङकङ, सिंगापुर र मलेसिया छन्। 

छनोटका सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्ने छन्। एक अर्कासँगको प्रतिस्पर्धापछि विजेता टोली यसै महिनाको अन्त्यमा शुरु हुने एसियन कप क्रिकेटका लागि छनोट हुनेछ। यसरी छनोट हुने टोलीले समूह ‘ए’ मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।