शुक्रबार, वैशाख २१, २०८१

भूमिगत समूहले चलाएको 'नो नट अगेन' अभियान

अभियानको नेतृत्वमा कोही देखिँदैन। भूमिगत रूपमा सञ्चालन भइरहेको अभियानमा स्वतःस्फूर्त रुपमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू जोडिन थालेका छन्। अहिले फेसबुकमा थुप्रै पेज र ग्रुपहरू यही अभियानका लागि खोलिएकोमा हामीले बुझ्दै जाँदा सबैभन्दा पुरानो ‘नो,नट अगेन’ नामको पेज भेटियो, जुन २६ जुलाई २०२२ मा खोलिएको छ।
 |  बिहीबार, भदौ ९, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

बिहीबार, भदौ ९, २०७९

काठमाडौं– स्थानीय निर्वाचन सम्पन्न भएसँगै दलहरू संघ र प्रदेशसभा निर्वाचनको तयारीमा जुटेका थिए। पाँचदलीय गठबन्धनको सरकारले मंसिर पहिलो साता चुनाव मिति घोषणा गर्ने तयारी गरिरहेको थियो। सरकारले मिति घोषणा गर्नुभन्दा एक साता अघिदेखि नै सामाजिक सञ्जालमा एउटा अभियान चल्यो– 'नो नट अगेन'।

triton college

मिति घोषणा भएसँगै दल एवं स्वतन्त्र उम्मेदवारका आकांक्षीहरूले चुनावी तयारी गरिरहँदा यता पुराना नेतालाई बिदाबारी गरौँ भन्ने उद्देश्यले सञ्चालन भइरहेको ‘नो नट अगेन’ले छोटो समयमा सामाजिक सञ्जालमा राम्रो पकड जमाइरहेको थियो। चुनावी सरगर्मी बढिरहँदा पुराना नेतालाई बिदाबारी गरौँ लेखिएका पोस्टरहरू सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति आउन थाले। सुरुमा प्रधानमन्त्री भइसकेका ६ नेतालाई ‘टार्गेट’ गरिएको उक्त अभियानको ‘बिदाइ’ सूचीमा अब विस्तारै दोहिरिएका र विवादित मन्त्री र सांसद्हरूको नाम पनि थपिन थालेको छ।

तर उक्त अभियानको नेतृत्वमा कोही देखिँदैन। भूमिगत रूपमा सञ्चालन भइरहेको अभियानमा स्वतःस्फूर्त रुपमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू जोडिन थालेका छन्। अहिले फेसबुकमा थुप्रै पेज र ग्रुपहरू यही अभियानका लागि खोलिएकोमा हामीले बुझ्दै जाँदा सबैभन्दा पुरानो ‘नो,नट अगेन’ नामको पेज भेटियो, जुन २६ जुलाई २०२२ मा खोलिएको छ।

उक्त पेजमा सोही दिन ‘नो नट अगेन’ ह्यासट्यागसहित प्रधानमन्त्री भइसकेका ६ शीर्ष नेताको तस्विर अंकित पहिलो पोस्ट छ ‘जे जति गर्यौ धन्यवाद, अब पालो अरु कसैको। स–सम्मान बिदाबारी निर्वाचन २०७९’। जसमा प्रधानमन्त्री शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईका तस्विर समेटिएका थिए।

सरकारले मंसिर पहिलो साता चुनाव मिति घोषणा गर्ने तयारी गरिरहेको थियो। सरकारले मिति घोषणा गर्नुभन्दा एक साता अघिदेखि नै सामाजिक सञ्जालमा एउटा अभियान चल्यो– 'नो नट अगेन'।

corrent noodles
Metro Mart

यसरी एकाएक किन चल्यो अभियान? यस विषयमा अनेक टिप्पणीहरू भइरहेका छन्। केही स्वतन्त्र उम्मेदवारले उक्त अभियान आफूले चलाएको दाबी गरिरहेका छन् भने केही अन्य व्यक्ति पनि अभियानमा आफ्नो संलग्नता रहेको भन्दै खुल्न थालेका छन्। प्रधानमन्त्री देउवाको क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरेका सागर ढकालले चलाइरहेको ‘नो नट अगेन, अन्डर ४० प्रधानमन्त्री’ अभियानलाई पनि यही अभियानसँग जोडेर हेरिन थालेको छ।

सुशील थापा नामका व्यक्तिले उक्त अभियान आफूहरूले चलाएको एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्। यसरी उक्त अभियानले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका व्यक्तिलाई समर्थन गरेको जस्तो पनि देखिन थालेको छ। केहीले यो अभियान राजसंस्था चाहनेले चलाएको भनेर पनि टिप्पणी गरेका छन्। हामीले उक्त पेजमा सम्पर्क गरी यस विषयमा बुझ्दा अभियानकर्मीहरूले आफ्नो परिचयन खुलाउन चाहेनन् तर अभियानका बारेमा जानकारी दिन तयार भए। उक्त पेजमार्फत सम्पर्कमा आएका एक अभियन्तालाई सम्पर्क गरी यस अभियानबारे केही प्रश्न गरेका छौँ।

यो अभियान कसले चलायो? कसरी सुरु भयो?
अधिकारहरू संविधान, नीतिनियम र कानुनमा लेखेर मात्र प्राप्त हुँदैन। शिक्षाको अधिकार त लेखिएको छ तर विद्यालय र विश्वविद्यालय सुधार, शिक्षाको विस्तारित पहुँच र परिवर्तित आवश्यकताअनुसार समाजमा कुनै पनि कदम चालिएको छैन। स्वास्थ्य, कृषि, रोजगार सबै क्षेत्रको अवस्था यस्तै छ। शब्दले हैन, अधिकार प्राप्तिलाई योजना र निर्माणले वस्तुगत पुष्टि गर्नुपर्छ। कानुनमा लेखेर अधिकार प्राप्त हुँदैन। देशको नेतृत्व सम्हाल्नेहरुले देशमा साँचो अर्थमा जनताको आवश्यकताको बारेमा अनुभव गरेर योजनाहरु अघि सारेकै छैनन्। यसरी निर्देशन र नियन्त्रण मात्र गर्न खोज्ने नेतृत्वको कारणले भ्रष्टाचार बढ्दो छ।

यी नेतृत्वसँग ठूलाठूला पूर्वाधार बनाउने गफ बाहेक समाज निर्माण गर्ने कुनै खास योजना नै छैनन्। यिनीहरुले समाजलाई राजनीतिक कोपभाजन गरेर खण्डहर बनाइदिएका छन्। हामीले वर्षौँदेखि देखिरहेका छौँ देश अन्य देशका लागि मजदुर स्थापना गर्ने कारखाना बनेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी सबैको अवस्था धरासायी छ। नेतृत्वमा रहेका व्यक्तिहरूकै कारण वर्गीय असमानता चुलिँदो छ।

भ्रष्टाचार बढ्दो छ। देशको यस्तो विकराल अवस्थामा नेतृत्वको बागडोर पुनः तिनै व्यक्तिले आफ्नो हातमा लिन संघर्ष गरिरहेका छन्। स्थानीय निर्वाचन सम्पन्न भई संघीय निर्वाचनको तयारी भइरहेको थियो। हामीलाई लाग्यो अब नेतृत्व परिवर्तन आवश्यक छ। त्यसपछि अब यस्तो हनु हुँदैन भनेर हामीले यो अभियान चलायौँ। देशविदेशमा रहेका व्यक्तिहरूबाट स्वत:स्फूर्त यो अभियान सुरु भएको भन्न सकिन्छ।

अभियानको उद्देश्य के हो ?
यो सत्ता र राज्य दोहन गर्ने प्रवृत्तिविरुद्धको सामाजिक जागरण अभियान हो। खास नेतृत्वमा हुनुपर्ने गुण केके हुन्, राज्य निर्माणको दिशा कस्तो हुनुपर्छ, कुन उद्देश्यको लागि देशको नीति परिवर्तन हुँदैछ? यी सबै प्रश्नको उत्तर खोजिनु पर्छ। यो प्रश्न गर्न सक्ने जनता भए भने नेतृत्व सुध्रिने अवस्था बन्छ। नत्र राज्यको शक्ति कमजोर बन्दै जान्छ। यो गलत छ र हामीलाई शासन गर्ने मानिस हाम्रो नेतृत्व गर्न लायक छैनन्। यो कुरा बुझाउनु र परिवर्तनको यो आवाज सबैले बुझ्ने र सुन्ने गरी बताउनु अभियानको उद्देश्य हो। यो अभियानमार्फत हामी पटकपटक सत्ता र शक्तिको दुरुपयोग गरिरहेका उस्तै अनुहारलाई निर्वाचनमार्फत बिदाइ गरेर यो प्रवृत्तिको अन्त्य गर्न चाहन्छौँ।

अभियान पूर्वप्रधानमन्त्री हराउनमा केन्द्रित हो?
होइन, तर हामीले बारम्बार प्रधानमन्त्री भएका र राज्य स्रोतको दोहन गरेका ६ पूर्वप्रधानमन्त्रीको तस्विरबाट अभियान सुरु गरेका हौँ। दलीय व्यवस्थापछि घुमीफिरी यी नेताहरु राज्यको मुख्य जिम्मेवार ठाउँमा छन्। सरकार भएर पनि दशकौँसम्म देश यस्तो रहनै सक्दैन। रहनु हुँदैन। देशको यो अवस्था बनाउन यिनीहरुको नेतृत्व सबैभन्दा जिम्मेवार छ। यसको अर्थ अरु जिम्मेवार छैनन् भन्ने होइन।

प्रत्येक ५ वर्षमा उही पुराना घोषणापत्र ल्याई बाचाअनुसार काम नगर्ने सबै प्रतिनिधिविरुद्ध यो अभियान हो। हामीले प्रधानमन्त्रीपछि मधेसवादी दलका नेताहरूको पनि बिदाबारीका लागि अभियान थालिसकेका छौँ। अब यो सूचीमा अन्य मन्त्री र सांसदहरू पनि थपिने छन्। हामी लगभग सबै भाषामा यो अभियान चलाउने छौँ। चलाइरहेका छौँ।

पुरानालाई हटाएर नयाँ अनुहार ल्याउँदैमा देशको समस्या हट्छ?
जो नेतृत्वमा छन् उनीहरूले केही गरेनन् भन्ने होइन। उनीहरूले धेरै गरे, त्यसैले हामीले यो स-सम्मान बिदाबारी अभियान चलाएका हौँ। यसलाई एउटा फेयरवेल पनि भन्न सकिन्छ। समस्या अन्तत: उनीहरू सत्ता र शक्तिको दौडमा देशको समस्या नै बिर्सिएर, स्रोतको दुरुपयोग गरेका कारण हो। त्यसैले अब हामीले नो भन्नैपर्छ।

हामीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल ल्याएको नै नेतृत्व तहमा सबैको प्रतिनिधित्व पुगोस् भनेर हो। वर्षौँ सत्ताको राजनीति गर्नेले नयाँ नेतृत्व समेत जन्माउन सक्दैनन् भने उनीहरूबाट हामी के अपेक्षा गर्ने? उनीहरूको क्षेत्रमा नयाँ नेतृत्व गर्न सक्ने नयाँ पिँढी नभएको हो त? होइन। तर उनीहरुले त सत्ता र शक्तिको चरम दुरुपयोग मात्र गरेका छन्।

यो स्वतन्त्र उम्मेदवारहरूले चलाएको अभियानका रूपमा पनि देखिन थालेको छ, यसले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्छ?
होइन। आसन्न निर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहेका कुनै पनि दलीय वा स्वतन्त्र उम्मेदवारलाई हाम्रो प्रत्यक्ष समर्थन छैन। तर लोकतान्त्रिक राजनीति गर्ने, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशीतालाई स्वीकार गर्ने दलीय र स्वतन्त्र सबै उम्मेदवार हाम्रा उम्मेदवार हुन्। बारम्बार दोहोरिएका, विवादित, भ्रष्टाचारको आरोप लागेका, सत्ता र शक्तिको दुरुपयोग गरेका व्यक्तिहरूविरुद्ध देश र देशबाहिर रहेका नेपालीबाट सञ्चालित अभियान हो यो। विवादित छवि नभएका दलीय र स्वतन्त्र सबै उम्मेदवार हाम्रा हुन्। तर कसैको समर्थनमा यो अभियान प्रयोग हुँदैन। हाम्रो उद्देश्य मंसिर ४ हो, र पुराना र विवादित नेताहरूको विरुद्ध हो।

अभियानमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकाहरू पनि सहभागी छन्?
छैनन्। हुँदैनन् पनि। अभियान सिधा र स्पष्ट छ यो कुनै दल र वादको पक्ष विपक्षमा हैन निर्वाचनले सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ भन्ने कुरा स्थापित गाराउन चाहन्छ।

‘नो नट अगेन’का धेरै पेज खोलिएका छन्, कुन सही? कुन आधिकारिक? दलका नेतालाई टार्गेट गरिराख्दा अन्य व्यक्तिलाई यसको लाभ मिल्दैन?
नो नट अगेनलाई समर्थन गरेर खुलेका पेज र ग्रुपप्रति हामी आभारी छौँ। उहाँहरु कुनै न कुनै रुपले पुरानो नेतृत्व दोहोरिन हुँदैन भन्नेमा विश्वस्त हुनुहुन्छ पनि होला। यसरी कुनै पनि व्यक्तिलाई समर्थन नगरी बारम्बार शक्तिको दुरुपयोग गरिरहेका व्यक्तिको विरुद्धमा उठ्ने सबै आवाज हाम्रा हुन्। यस अभियानबाट कसैले लाभ लिन चाहेमा त्यो हामी होइनौँ। हामी लिने पनि छैनौँ।

तर यसरी प्रयोग भइरहँदा पनि भूमिगत किन ? अभियानबारे जानकारीका लागि पहिचान खुलाउन आवश्यक छैन ?
सबैप्रकारका अभियानमा अन्य स्वार्थ समूह सक्रिय हुन्छन्। त्यसरी कुनै व्यक्तिको समर्थनमा अभियानको दुरुपयोग भएमा  त्यो हामी होइनौँ। जहाँसम्म भूमिगतको कुरा छ यस अभियानमा स्वतःस्फूर्त रूपमा देशविदेशबाट जोडिएका साथीहरूको संलग्नता छ। त्यसैले हामी कोही पनि यो अभियानको नेतृत्वकर्ता होइनौँ। यो अभियानलाई हामी व्यक्तिगत फाइदाका रूपमा लिँदैनौँ। तर कसैले व्यक्तिगत लाभका लागि यो अभियानको दुरुपयोग गरेमा अभियानको आवश्यकता र स्थापनाको कथा बोकेर जरुर बाहिर आउने छौँ। 

अभियानको संस्थागत रूपान्तरण हुनसक्ने सम्भावना के छ?
हाम्रो उद्देश्य त्यो होइन। अभियान गलत दिशातर्फ गयो र कसैले यो अभियानको नाममा व्यक्तिगत वा दलीय लाभ लिएमा त्यस्तो अवस्थामा हामी देखिनुपर्ने हुन सक्छ। त्यो बेला देखिन्छौँ। तर संस्थागत रूपमा पनि यो अभियान संगठित हुँदैन, बरु यसैगरी खबरदारी जारी राख्छौँ। हामी गलतलाई गलत भन्न छाड्दैनौँ।

मंसिर ४ पछि कसरी अघि बढ्नुहुन्छ ?
मूलतः यो बारम्बार सत्ता र शक्तिको दुरुपयोग गर्ने नेताहरूविरुद्धको जागरण अभियान हो। निर्वाचनपछि जनताले चुनेर पठाएका सबै प्रतिनिधि हाम्रा हुन्। अहिलेको लक्ष्य मंसिर ४ हो। त्यसपछि प्रतिनिधिलाई खबरदारी गर्ने र गलत प्रवृत्तिविरुद्ध आवाज उठाउने हाम्रो तयारी छ।


प्रकाशित: Aug 25, 2022| 10:59 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...