एजेन्सी–बार्सिलोनाले लिभरपुलका स्टार फरवार्ड मोहमद सलाह माथी चासो देखाएको छ । क्लब स्रोतका अनुसार सलाहलाई कप्तान लियोन मेस्सीको विकल्पको रुपमा हेरिएको छ ।
बार्सिलोना कप्तान मेस्सीले निकट भविष्यमा बार्सिलोना छाड्ने निर्णय गरेको खण्डमा सलाहले उनको स्थान लिन सक्ने आशा गरिएको छ । मेस्सीको सहि प्रतिस्थापनका लागि बार्सिलोना २५० मिलियन युरो सम्म तिर्न तयार रहेको बताइएको छ । हाल सलाहका लागि रियल म्याड्रिडसँग बार्सिलोनाको कडा प्रतिस्पर्धा रहेको छ । तर, उनी लिभरपुल छोड्न तयार छैनन् ।
सलाहले हाल अन्य क्लबमा अनुबन्ध हुन रुची नदेखाएको खुलेको छ । उनी यो सिजन लिभरपुलमै बस्न खुसी छन् । ‘म लिभरपुलमै खुसी छु । किनकी मलाई लिभरपुल आफ्नो घर जस्तै लाग्छ,’ सलाहले भने, ‘उनीहरु मेरो लागि गित गाउछन् । म यहाँ बस्न धेरै खुसी छु ।’
सलाह एक कुशल खेलाडी हुन् । यदि उनले मेस्सीको स्थान लिन सके उनी अझै कुशल खेलाडी मानिनेछन् । गत वर्ष रोमाबाट लिभरपुल अनुबन्ध भएका उनी प्रिमियर सर्वोत्कृष्ट खेलाडी बन्दै प्रिमियर लिगको गोल्डेन बुट समेत जितेका थिए । सलाहले बार्सिलोनामा मेस्सीको स्थान लिन सक्लान ?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४