बिहीबार, असार ३२, २०८३

जिम्माबेका राजा काठमाडौं किंग्समा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–टेष्ट राष्ट्र जिम्बावेका अलराउन्डर सिकन्दर राजालाई काठमाडौं किङसले अनुबन्ध गरेको छ । राजालाई दोस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट खेल्नका लागि काठमाडौं किङसले आफ्नो टोलीमा अनुबन्ध गरेको हो । 

काठमाडौंले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै राजालाई अनुबन्ध गरेको जनाएको छ । नोभेम्बरको तेस्रो सातामा हुने इपीएलका लागि काठमाडौं किङसले आफ्नो टिममा राजालाई तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

यसअघि काठमाडौंले आयरल्याण्डका केभिन ओ ब्रिएन र युएईका कप्तान रोहन मुस्तफालाई भित्र्याईसकेको छ । राजाको अनुबन्धसंगै काठमाडौंको विदेशी खेलाडीको कोटा पुरा भएको छ । 

इपीएलमा ३ खेलाडी राख्न पाउने नियम रहेको छ । सिकन्दरले जिम्बावेबाट ८५ एकदिवसीय, १० टेष्ट र २० टी–ट्वान्टी खेल खेलिसकेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।