बिहीबार, असार ३२, २०८३

टोटेनह्यामको सानदार जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार रातीको खेलमा टोटेनह्याम हट्सपरले म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा म्यानचेस्टर युनाइटेडले पहिलो हाफ निकै राम्रो प्रदर्शन गरेको थियो । तर, दोस्रो हाफमा ने तीन गोल खान पुग्यो ।

रोमेलु लुकाकुले पहिलो हाफमा सुवर्ण अवसर खेर फालेका थिए । गोलरक्षक समेत बिट भइसकेको अवस्थामा उनले खाली पोस्टमा गोल गर्न नसक्दा युनाइटेड अग्रता लिनबाट चुकेको थियो । प्रशिक्षक जोसे मोउरिन्होले एलेक्सिस सान्चेजलाई बेन्चमा राखेपछि युनाइटेड आक्रमणमा केहि फितलो देखिएको थियो ।

दोस्रो हाफको सुरुमै टोटेनहमले अग्रता लिन सफल भयो । काइरान ट्रीपिएरको कर्नरमा फरवार्ड ह्यारी केनले हेडरमार्फत गोल गर्दै पाहुना टोलीलाई अगाडी बढाए । त्यसको दुई मिनेटमै लुकास मोउराले गोल गर्दै स्पर्सको अग्रता दोब्बर पारे । 

खेलको अन्त्यतिर मोउराले व्यक्तिगत दोस्रो गोल गर्दै ३–० को जित पक्का गरे । खेल अवधिभर युनाइटेडको डिफेन्सले लगातार गल्ति गर्दा स्पर्सलाई खेलमा अगाडी बढ्न सहज भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।