शुक्रबार, चैत १३, २०८२

एसियाड : तेक्वान्दोपछि कराते र बक्सिङ पनि पदकविहीन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-एसियाली खेलकुदमा नेपालले अहिले सम्म मात्र तीन खेल तेक्वान्दो, बक्सिङ र करातेमा पदक जितेको छ । तर, इन्डोनेसियमा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत यि तीनै खेलमा नेपाल पदकविहीन बेनेको छ । तेक्वान्दोको चुनौती भदौ ७ गते सकिएको हो भने कराते र बक्सिङ दुवै सोमबार पदकविहीन बने ।

विगतका एसियाली खेलकुदमा नेपालले तेक्वान्दोबाट १ रजत र १३ कांस्य, बक्सिङबाट ६ कांस्य र करातेबाट ३ कांस्य जितेको थियो । सोमबार करातेमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष ८४ केजीमुनि नेपालका दिवस श्रेष्ठ पहिलो चरणमा इरानका पोर्सब जाभिओलाहसंग ८-० ले पराजित भए ।

महिलाको ५० केजीमुनि नेपालकी अनु अधिकारी कांस्य पदकका लागि भिडे पनि चुकिन् । सागकी रजतधारी अनु कांस्य पदकका लागि भएको भिडन्तमा जापानकी मिहो मियातेरासंग ९-० ले पछि परिन् । 

टेबल-टेनिस 

टेबल-टेनिसको पुरुष/महिला दुवैको टिम इभेन्टमा नेपालको पराजय यात्रा जारी छ । पुरुषमा नेपाल दक्षिण कोरियासंग ३-० तथा लाओससंग ३-१ ले पराजित भयो । महिलामा नेपाललाई हङकङ र भियतनामले समान ३-० को नतिजामा हराए ।

सेपाकताक्रो : रेगुमा चुनौती समाप्त

एसियाली खेलकुदमा पहिलो पटक सहभागिता जनाएको सेपाकताक्रोको पुरुष रेगु स्पर्धामा नेपालको चुनौती समाप्त भएको छ । सोमबार नेपाल भारतसंग २-० ले पराजित भयो । त्यसअघि नेपाल चीन, मलेसिया र दक्षिण कोरियासंग पनि समान २-० को नतिजामा पराजित भएको थियो । नेपालले मंगलबार पुरुष क्वाड स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । 

प्लाराग्लाइडिङ 

प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको तेश्रो चरण समाप्तिसम्म नेपाली पुरुष टिम चौथो स्थानमा छ । नेपाल अघिल्ले दिन तेस्रो स्थानमा थियो । आयोजक इन्डोनेसिया, जापान र दक्षिण कोरिया क्रमशः शीर्ष तीन स्थानमा छन् । सोही स्पर्धाको महिलामा भने नेपाल पाँचौंबाट छैटौं स्थानमा झरेको छ । जापान पहिलो, दक्षिण कोरिया दोश्रो र इन्डोनेसिया तेश्रोमा छन् । पाँचौं चरणसम्म हुने प्रतिस्पर्धा बुधबार सम्पन्न हुनेछ ।

स्क्वास 

नेपालले एसियाडमा सहभागिता जनाउने २९ खेल मध्ये अन्तिममा समावेश भएको स्क्वासको पुरुष टिम इभेन्टमा नेपाल पराजित भएको छ । नेपाल दक्षिण कोरिया र पाकिस्तानसंग समान ३-० को नजितमा पराजित भयो । पुरुष सिंगल्समा भने नेपालको चुनौती समाप्त भइसकेको छ ।

एथलेटिक्स : दौडमा सरस्वतीको सुधार

नेपालकी सरस्वती भट्टराईले महिला ८ सय मिटर दौडमा आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी छिन् । जकार्ताको गेलारो बुङ कार्नो रंगशालामा सरस्वतीले निर्धारित दूरी २ मिनेट १२.८५ सेकेन्डमा पूरा गर्दै आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी हुन् । सरस्वतीको उत्कृष्ट व्यक्तिगत समय २ मिनेट १३.९९ सेकेन्ड थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।