बिहीबार, भदौ ४, २०८३

गुप्तांगमा लुकाएर ब्राउनसुगर तस्करी, दुई जना पक्राउ

झापा गौरीगञ्ज गाउँपालिका-४ कदमगाछीस्थित सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी बलको संयुक्त प्रहरी टोलीले जाँच गर्ने मञ्जुले गुप्तांगमा ब्राउन सुगर लुकाएको पाइएको थियो। विमलाको पनि संवेदनशील अंगमा ब्राउन सुगर भेटिएको थियो।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं- प्रतिबन्धित लागुऔषध ब्राउन सुगर तस्करी गरेको आरोपमा प्रहरीले झापाबाट दुई महिला पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा जिल्ला दमक नगरपालिका-१ की ३४ वर्षीया मञ्जु धिमाल र सोही स्थानकी २५ वर्षीया विमला धिमाल छन्। 

झापा गौरीगञ्ज गाउँपालिका-४ कदमगाछीस्थित सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी बलको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा मञ्जुले गुप्तांगमा ब्राउन सुगर लुकाएको पाइएको थियो। विमलाको पनि संवेदनशील अंगमा ब्राउन सुगर भेटिएको थियो। 

उनीहरू दुवैका साथबाट प्रहरीले ४४.३ ग्राम ब्राउनसुगर फेला पारेको छ। दुवैलाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखी अनुसन्धान गरिएको र आइतबार झापा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान गरिने झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। 

प्रकाशित: Aug 09, 2021| 09:04 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।