शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • सिट बाँडफाँट कार्यदलले हात उठायो, शीर्ष नेताको बैठक पनि निष्कर्षविहीन

सिट बाँडफाँट कार्यदलले हात उठायो, शीर्ष नेताको बैठक पनि निष्कर्षविहीन

सत्तारुढ पाँचदलीय गठबन्धनमा सिट बाँडफाँटका लागि बनेको कार्यदलले सिट बाँडफाँट टुंगो लगाउन नसक्ने भन्दै हात उठाएको छ। कार्यदलले सिट बाँडफाँटको जिम्मा शीर्ष नेताहरुलाई लगाएको हो।
 |  सोमबार, भदौ ६, २०७९

खिला कार्की

खिला कार्की

सोमबार, भदौ ६, २०७९

काठमाडौं- सत्तारुढ पाँचदलीय गठबन्धनमा सिट बाँडफाँटका लागि बनेको कार्यदलले सिट बाँडफाँट टुंगो लगाउन नसक्ने भन्दै हात उठाएको छ। कार्यदलले सिट बाँडफाँटको जिम्मा शीर्ष नेताहरुलाई लगाएको हो। 

triton college

कार्यदलले सिट बाँडफाँटको जिम्मेवारी पूरा गर्न नसक्ने भन्दै हात उठाएपछि शीर्ष नेता आफैँ सिट बाँडफाँटका लागि जुटेका छन्। सोमवार प्रधानमन्त्री निवासमा बसेको शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँट कार्यदलले टुंगो लगाउन नसेकेको विषयमा छलफल भएको थियो। सोमबारको शीर्ष नेताहरुको बैठक पनि निष्कर्षविहीन भएको छ। 

बैठकमा सहभागी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शीर्ष नेताहरुबीच सिट बाँडफाँट र त्यसपछिको अवस्थाबारे छलफल भएपनि कुनै निष्कर्षमा पुग्न नसकेको बताए।

कार्यदलमा राष्ट्रिय जनमोर्चाका तर्फबाट सदस्य रहेका हिमलाल पुरीले कार्यदलको बैठक अनिश्चित भएको बताए। ‘शीर्ष नेताहरुको बीचमा छलफल हुन्छ। अब आवश्यक परे मात्र कार्यदलको बैठक बोलाइन्छ,' उनले भने। 

सिट बाँडफाँटको खाका तयार पार्न तीन वटा औपचारिक बैठक बसेपनि सहमति भने जुटाउन नसकेको हो। सिट बाँडफाँट गर्ने काम कार्यदलस्तरमा सम्भव नहुने देखेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको थियो। भदौ १ गते बुधबार बसेको कार्यदलको बैठकमा कार्यदलले सिट बाँडफाँटको टुंगो लगाउन नसक्ने निष्कर्षमा पुगेपछि बिहीबार संयोजक सिटौलाले गठबन्धनका शीर्ष नेताहरुलाई भेटेका थिए। 

corrent noodles
Metro Mart

कार्यदलमा सिट बाँडफाँटका लागि आधार बनाउने विषयमा विवाद बढेको थियो। गठबन्धनको दोस्रो ठूलो दल माओवादीले ०७४ मा जितेका प्रत्यक्ष सिट कायम राखेर ८१ सिटमा मात्रै बाँडफाँट गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो। त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीको हकमा भने विशिष्ट मापदण्ड बनाउनुपर्ने प्रस्ताव माओवादीले राखेको छ। माओवादी प्रस्तावमा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सकारात्मक भएपनि गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस सहमत हुन सकेन। न्युनतम आधार बनाउने विषयमै विवाद भएपछि प्रतिनिधिसभाका १६५ सिट र सातै प्रदेशका ३३० निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लगाउन गठित सिटौला नेतृत्वको कार्यदल खाका बनाउन असफल भएपछि शीर्ष नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको बताइएको छ। 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि कार्यदलको बैठक अनिश्चित भएको बताए। उनले दलहरुका बीचमा आन्तरिक छलफलपछि मात्र कार्यदलको बैठक बस्ने बताए। ‘कार्यदलको बैठक कहिले बस्ने भन्ने टुंगो छैन। अहिले गठबन्धनमा रहेका दल आन्तरिक छलफलमा छौं,' उनले भने, 'शीर्ष नेताहरुको पनि बैठक बस्छ। अनि आवश्यक परे कार्यदलको बैठक बोलाइन्छ।’

कांग्रेसले प्रतिनिधिसभाका प्रत्यक्ष तर्फ १६५ सिटमध्ये ९० सिटलाई बटमलाइन बनाएको छ। गठबन्धनमा बाँडफाँट गर्दा ९० भन्दा तल सम्झौता नगर्न सभापति शेरबहादुर देउवामाथि पार्टीभित्रबाटै चर्को दबाब छ। गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले ६० सिटको लागि अडान कायमै राखेको छ। नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले कम्तीमा २५–२५ सीट पाउनुपर्ने अडान छोडेका छैनन्। 

राष्ट्रिय जनमोर्चाले १ सिट दाबी गरेको छ। पाँचदलीय गठबन्धनमा जोडिन खोजिरहेका डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले ४ र वामदेव गौतम नेतृत्वको नेकपा एकीककरण राष्ट्रिय अभियान पार्टीले १ सिट दाबी गरिरहेको छ। दलहरु आ-आफ्नो अडानबाट पछि नहट्दा सिट बाँडफाँट थप जटिल बन्दै गएको छ।  गठबन्धनभित्रै उपगठबन्धन बनाउन सके सिट बाँडफाँटमा कांग्रेसमाथि दवाव बढाउन सकिने वाम दलहरुको बुझाइ छ। प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भदौ १५ गतेभित्र सिट बाँडफाँटको टुंग्याउने समझदारी भएको छ।

कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट सिटौलाका अतिरिक्त महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन्। नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र जनार्दन शर्मा सदस्य रहेका छन्। त्यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जनता समाजवादी पार्टी (जसपा)बाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन्। 

प्रकाशित: Aug 22, 2022| 19:18 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...