मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन पद्धतिबारे विश्वास अभिवृद्धि गराउन प्रमुख आयुक्त थपलियाको आग्रह

निर्वाचन पद्धतिबारे विश्वास अभिवृद्धि गराउन प्रमुख आयुक्त थपलियाको आग्रह

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद्धतिबारे मतदाताको विश्वास अभिवृद्धि गराउन र मतदानमा आम सहभागिता बढाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद्धतिबारे मतदाताको विश्वास अभिवृद्धि गराउन र मतदानमा आम सहभागिता बढाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। 

National life

आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा निर्वाचन विषय हेर्ने पत्रकारसँग आइतबार आयोगले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रमुख आयुक्त थपलियाले लोकतन्त्रको जीवन्त पक्ष नै आवधिक निर्वाचन भएकाले यसबारे नियमित बहस र सम्प्रेषण गराउन आग्रह गरे। उनले संवैधानिक व्यवस्थाअनुसार विद्यमान निर्वाचन प्रणालीमा दलले नै उम्मेदवारी दिने र उसैले जित्ने तथा हार्ने कुरालाई स्थापित गर्नुपर्ने बताए।

प्रमुख आयुक्त थपलियाले जसरी पनि जित्नै पर्छ भनेर गलत हर्कत गर्ने अभ्यास स्वच्छ, निष्पक्ष र भयरहीत निर्वाचनका लागि उपयुक्त नहुने उल्लेख गर्दै गत स्थानीय तहको निर्वाचनमा मतदाता नमावली, बदर मत, मतपत्रको ढाँचा आदि विषयमा देखिएका कतिपय कमजोरीबाट यस पटकको निर्वाचनमा पाठ सिकिने जनाउनुभयो। उहाँले आउँदो निर्वाचनमा एकीकृत सूचना प्रवाहको संयन्त्र खडा गरिने तथा मतदानका दिन सवारी साधनको आवागमनलाई आवश्यकतानुसार खुकुलो बनाइने स्पष्ट पारे।

सबै निर्वाचन आयुक्त र आयोगका सचिव सहभागी कार्यक्रममा पत्रकारले सूचना व्यवस्थापन र प्रवाहको प्रणालीलाई अझ व्यवस्थित, एकीकृत र छिटो छरितो एवं आधिकारिक बनाउन सुझाव दिएका थिए।

कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनको तयारी र व्यवस्थापनबारे तथा सञ्चार विज्ञ किरण चापागाईँले गलत सूचना, दुष्प्रचार र निर्वाचनबारे प्रस्तुतीकरण गरेका थिए। 

Shivam cement

प्रकाशित: Aug 21, 2022| 22:10 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...