मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • दक्षिण कोरियाली संसदीय प्रतिनिधि मण्डलद्वारा सभामुख सापकोटासँग शिष्टाचार भेट

दक्षिण कोरियाली संसदीय प्रतिनिधि मण्डलद्वारा सभामुख सापकोटासँग शिष्टाचार भेट

सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाली संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ। सभामुख सापकोटालाई उनको कार्यकक्ष सिंहदरबारमा प्रतिनिधि मण्डलले आइतबार शिष्टाचार भेट गरेको हो। भेटमा नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध एवं आपसी हितका विषयमा छलफल भएको थियो।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाली संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ। सभामुख सापकोटालाई उनको कार्यकक्ष सिंहदरबारमा प्रतिनिधि मण्डलले आइतबार  शिष्टाचार भेट गरेको हो। भेटमा नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध एवं आपसी हितका विषयमा छलफल भएको थियो।  

National life

सो अवसरमा सभामुख सापकोटाले नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४८ वर्षमा दुई देशका जनता र सरकारबीच सुमधुर सम्बन्ध रहेको बताए। उनले नेपालीका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको गन्तव्य भएको चर्चा गर्दै नेपाली कामदारको कोरियामा प्रशंसा भएकोमा खुसी व्यक्त गरे।    

सभामुख सापकोटाले दक्षिण कोरियाले फोहोर व्यवस्थापनका क्षेत्रमा आफूलाई अब्बल सावित गर्न सफल भएको बताउँदै राजधानी काठमाडौंको फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा रहेको बताए। उनले भने, ‘फोहोरमैला व्यवस्थापनमा दक्षिण कोरियाले अब्बल सावित गरेको छ, अन्य सहरमा पनि सहयोगको कुरा छ, काठमाडौंको फोहोरमैला व्यवस्थापनमा कोरियाली सहयोगको अपेक्षा गरेका छौं।’

आर्थिक र सामाजिक विकासमा दक्षिण कोरियाको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्दै सभामुख सापकोटाले कोरियाले गरेको द्रुत विकासबाट नेपालले सिक्न चाहेको धारणा राखे। नेपाल र दक्षिण कोरियाबीच उच्च समझदारी विकास गरेर जानु पर्ने उनको भनाई थियो। 

उनले उच्चस्तरीय भ्रमणबाट सम्बन्ध विस्तारमा सहयोग पुगेको चर्चा गर्दै दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउन संसदीय मैत्री समुहलाई थप सक्रिय बनाउन सकिने बताए। भेटमा दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलका तर्फबाट कोरिया नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लि स्याङ हेयोनले आफूहरु दक्षिण कोरियाको संसदमा रहेर नेपाललाई मायाँ गर्ने सांसदहरु रहेको बताउनु भयो। कोरियामा कार्यरत नेपाली कामदारहरु मेहनती भएकोले रोजगारदाताले नेपाली कामदारहरुलाई मन पराउने गरेको बताए। प्रतिनिधि मण्डलका सदस्यले कोरियामा नेपाली कामदारका लागि अवसर बढाउने विषयमा स्वदेश फर्केपछि श्रममन्त्रीसँग छलफल गर्ने जानकारी दिए।

Shivam cement



प्रकाशित: Aug 21, 2022| 19:47 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...