बुधबार, मंसिर १७, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पतालमा शुभेच्छुकको घुइँचो [तस्बिरहरू]

प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पतालमा शुभेच्छुकको घुइँचो [तस्बिरहरू]

नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न दलका नेता ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पुगेका छन्।
 |  आइतबार, भदौ ५, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, भदौ ५, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न दलका नेता ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पुगेका छन्।

National life

पूर्व राष्ट्रपति रामवरण यादव, अर्थमन्त्री जनार्दन शर्मा, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, कांग्रेसका महामन्त्री गगन थापालगायत नेता मेडिसिटी पुगेका हुन्। 

गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्न अस्पताल परिसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तक भेला भएका छन्। 

गृहमन्त्री बालकृष्ण खाण, कांग्रेस नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य उदय शमशेर राणालगायतले अस्पताल पुगेर श्रद्धाञ्जली अर्पण गरिसकेका छन्।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका नेता गिरीको अस्पतालमै शनिबार राति ९:३० बजे निधन भएको हो।

Laxmi sunrise bank
kumari


प्रकाशित: Aug 21, 2022| 11:48 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।