काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदीप गिरीको निधनमा दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको भन्दै दु:ख व्यक्त गरेका हुन्।
‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु,’ देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’
प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको उपचारका क्रममा गए राति साढे ९ बजे मेडिसिटी अस्पतालमा निधन भएको थियो।