काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन्।
राष्ट्रपति भण्डारीले सामाजिकसञ्जालमार्फत उक्त कुरा बताएकी हुन्। ‘गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं,’ राष्ट्रपति भण्डारीले लेखेकी छन्।
उनले गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेकी छन् ।
शनिबार राति साढे ९ बजे कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको थियो। सांसदसमेत रहेका गिरीको मेडिसिटी अस्पतालमामा उपचारका क्रममा ज्यान गएको हो।
समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।
— Bidya Devi Bhandari (@PresidentofNP) August 21, 2022