शुक्रबार, असार ५, २०८३

प्रदीप गिरी : जसले कहिल्यै लोभको राजनीति गरेनन्

कांग्रेस नेता रामचन्द्र पौडेलले गिरीको निधनबाट कांग्रेसको समाजवादी आन्दोलनलाई ठूलो क्षति पुगेको बताएका छन्।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं- कांग्रेस नेता रामचन्द्र पौडेलले गिरीको निधनबाट कांग्रेसको समाजवादी आन्दोलनलाई ठूलो क्षति पुगेको बताएका छन्।

National life

उनको दर्शन र विचार सदै अमर रहने पौडेलले बताए। 'प्रदीपजीको दर्शन, विचार सदैव अमर रहनेछन्। दु:खद् यस क्षणमा प्रदीपजीको आत्माको चीर शान्तिको कामना साथै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दछु,' पौडेलले भनेका छन्।

निजी स्वार्थ र पदको लोभ नराखी निराशक्त भएर जीवनभर विचारको राजनीति गरेको पौडेलले बताए। उनी नेपाली राजनीतिमा प्रेरणाको स्रोत भएको पौडेल स्मरण गर्छन्। 

कांग्रेस नेता शेखर कोइरालाले नेपालको सिंगो राजनीति र पार्टी संगठनमा गिरीको योगदान सधैं खड्किरहने बताए। 'नेपाली राजनीतिका अग्ला व्यक्तित्व, समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध र मर्माहत बनाएको छ,' उनले भने, 'नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा प्रदिप दाइले पुर्‍याउनुभएको योगदानको जति नै चर्चा गरे पनि अधुरै रहन्छ।'

नेपालको सिंगो राजनीति र सिंगो कांग्रेस पार्टीमा गिरीको अभाव सधैँ खट्किरहने उनी बताउँछन्। 

Shivam cement

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले महागुरु गुमाएको प्रतिक्रिया दिएका छन्। 'एउटा विश्वविद्यालय, जो आजबाट सदाका लागि बन्द भयो! निस्काम कर्मयोगी महान गुरु भावपुर्ण श्रद्धाञ्जली,' उनले भने।

कांग्रेस नेता एनपी साउदले देशलाई एउटा अनुकरणीय र समर्पित चिन्तक तथा बिचारकको अभाव जहिले पनि खड्किने बताए।

कांग्रेस नेता नैनसिंह महरले आफू नेविसंघको अध्यक्ष भएको वेला बिपी संग्रालय सुन्दरीजलमा आयोजना गरेको कार्यक्रममा 'तिमीहरू देसैभरि वैचारिक कार्यक्रम आयोजना गर म प्रवचन दिन्छु' भनेर गरेको बाचा बिरामीबाट मुक्ति पाएपछि पुरा हुने आसैआसमा अधुरो रह्यो प्रदिप दाइ भन्दै उनको स्मरण गरेका छन्।

पत्रकार किशोर नेपालले गिरीलाई आफ्नो आस्थाको धरोहर भएको बताएका छन्। उनी नेपाली राजनीतिमा निकै अग्ला कदका नेता भएको उनको भनाइ छ।

प्रखर बौद्धिक व्यक्तित्वको छवि बनाएका गिरी सत्तामा कहिले नरहे पनि उनी जनतामाझ निकै प्रिय थिए। 

उनको निधनपछि श्रद्धाञ्जली अर्पण गर्दै गिरीका शुभचिन्तकहरूले चिन्तक र दार्शनिकहरू कहिल्यै मर्दैनन् भन्दै उनको योगदानको चर्चा गरिरहेका छन्। 

चार पटकसम्म सांसद बनेका गिरीलाई ०६२/६३ पछि मन्त्री पदका अफर पाए तर स्वीकारेनन्। उनी मन्त्री बन्नबाट भाग्नुको खास कारण भने स्वतन्त्रता गुम्छ भन्ने डर भएको उनी निकटहरू बताउँछन्। जसले उनलाई पदको कुनै लोभ नभएको नेताको रुपमा चित्रण गरिदिएको छ।

प्रकाशित: Aug 21, 2022| 07:31 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...