मंगलबार, जेठ २६, २०८३

कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर

नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ। 

कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका हुन्। 

'कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको उपचार खटिएका चिकित्सक र परिवारबाट जानकारी प्राप्त भएको छ,' संसदीय दलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। कांग्रेस संसदीय दलले नेता गिरिको स्वास्थ्य लाभको प्रार्थनासमेत गरेको छ। 

प्रकाशित: Aug 20, 2022| 21:17 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...