मंगलबार, जेठ २६, २०८३

बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्‍चालन नगर्न निर्देशन

निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९
National life
Shivam cement

काठमाडौं- निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ। 

योजना र बजेटमा नतोकिएको नयाँ कार्यक्रम सञ्चालन गर्दा मतदातालाई प्रभावित पार्ने एवं निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्न सक्ने देखिएकाले आयोगले त्यस्ता कार्यक्रम कार्यान्वयन नगर्न तीनै तहलाई निर्देशन दिएको हो। 

विपद् व्यवस्थापनसम्बन्धी कार्य, मानवीय सहायता प्रदान र स्वास्थ्य महामारी रोकथाम गर्न आवश्यक कार्य बाहेक कुनै पनि प्रकारका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगर्न तीनै तहलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

प्रकाशित: Aug 20, 2022| 20:50 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...