शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा एसको काठमाडौंको अध्यक्षमा एलपी श्रेष्ठ, जिल्ला कमिटीमा २७१ सदस्य

नेकपा एसको काठमाडौंको अध्यक्षमा एलपी श्रेष्ठ, जिल्ला कमिटीमा २७१ सदस्य

नेकपा एसको काठमाडौंको पूर्ण बैठकले अध्यक्ष श्रेष्ठको नेतृत्वमा दुई सय ७१ सदस्यीय कमिटी चयन गरेको हो।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादी (एस) काठमाडौं जिल्ला कमिटीको अध्यक्षमा एलपी श्रेष्ठ चयन भएका छन्। 

नेकपा एसको काठमाडौंको पूर्ण बैठकले अध्यक्ष श्रेष्ठको नेतृत्वमा दुई सय ७१ सदस्यीय कमिटी चयन गरेको हो। बैठकको उद्घाटन गर्दै पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले देशैभर साझा उम्मेदवार उठाउने बताएका हुन्।

गठबन्धनको सहयोगबाट स्थानीय तहको निर्वाचनमा सबै पार्टी लाभान्वित भएको बताउँदै उहाँले मुलुकको समृद्धिका साथै राजनीतिक स्थिरताका लागि गठबन्धनको खाँचो औँल्याए।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले न्यायपूर्ण समाज तथा समानता र सहअस्तित्वको समाज कायम गर्ने समाजवादको उद्देश्य रहेको प्रष्ट पारेका हुन्। मुलुकमा युवा वेरोजगारी अन्त्य गर्न सीपयुक्त जनशक्तिको विकास गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले त्यसले जनताको सामाजिक तथा आर्थिक रुपान्तरण गर्ने विश्वास व्यक्त गरे। मुलुकमा भित्रिएको विप्रेषणलाई राष्ट्रिय पूँजी निर्माणमा उपयोग गरी देशलाई औद्योगिकरण गर्न आवश्यक रहेको बताए।

उनले समान विचार भएका पार्टीसँग एकताको सम्भावना रहेको भए पनि नेकपा (एमाले) सँग तत्काल एकता नहुने बताए। अध्यक्ष नेपालले देशभर जनतालाई राजनीतिक रुपमा सङ्गठित गर्न अहिले सात सय ५३ पालिकामा पार्टीको सङ्गठन विस्तार भइरहेको जानकारी दिँदै जनताको चेतना भर्न र उनीहरुलाई जागृत गर्न कम्युनिष्ट पार्टीको भूमिका उल्लेखनीय रहेको विचार व्यक्त गरे। 

उक्त कार्यक्रममा जिल्ला कमिटीका निवर्तमान अध्यक्ष कुसुमकुमार कार्कीले 'स्थानीय तहको निर्वाचनको समीक्षा : आगामी निर्वाचनको कार्ययोजना' प्रस्तुत गरेका थिए। नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कमिटीलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचन लक्षित कार्ययोजना तयार गरी प्रचारप्रसारमा कमिटी क्रियाशील हुने बताए।

प्रकाशित: Aug 20, 2022| 20:14 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...