शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • शान्ति प्रक्रिया टुंग्याउनेबारे प्रचण्डसँग अन्तर्राष्ट्रिय समुदायको छलफल, के भयो कुराकानी?

शान्ति प्रक्रिया टुंग्याउनेबारे प्रचण्डसँग अन्तर्राष्ट्रिय समुदायको छलफल, के भयो कुराकानी?

नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै शुभेच्छा प्रकट गरेको छ।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं- नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै शुभेच्छा प्रकट गरेको छ।

 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार उनकै निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै अन्तर्राष्ट्रिय समुदायले शान्ति प्रक्रियाको सफलताको कामना गरेको हो। 

नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय प्रतिनिधि रिचर्ड होवर्ड, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), अस्ट्रेलिया, जर्मनी, स्वीजरल्याण्ड तथा युरोपेली युनियनका राजदूतको संयुक्त प्रतिनिधिमण्डलले अध्यक्ष दाहाललाई भेटी नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुग्दै गरेकामा आफूहरुको सकारात्मक सहयोग र सद्भाव रहने बताएका हुन्। 

नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको पनि उनीहरुले बताएको अध्यक्ष दाहालको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ। सो अवसरमा उनीहरुले गम्भीर मानवअधिकार उल्लंघनका घटना र पीडितको पुनरावेदनको अधिकारकाबारे चासो राखेका हुन्। 

अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दै शान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा उनीहरुले देखाएको सामुहिक सुभेच्छा र चासोका लागि धन्यवाद व्यक्त गरेका थिए। 

विस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्यायको संवेदनशिलताप्रति राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सफल हुने उनले विश्वास व्यक्त गरेका थिए। ‘वर्तमान गठबन्धन सरकार शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउन लागिपरेको छ,' प्रेस नोटमा उल्लेख छ। 

प्रकाशित: Aug 20, 2022| 21:46 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...