शुक्रबार, वैशाख २१, २०८१

बुटवलको मुख्य सडकले गिजोलेको राजनीति

नेकपा एमालेका नगर प्रमुखले सडक निर्माणमा चासो नदेखाएको भन्दै सामाजिक सञ्जाल र विपक्षी कांग्रेस सहितका दलहरुले निरन्तर विरोध गरे। नगर प्रमुखमा अहिले कांग्रेसकै खेलराज पाण्डेय निर्वाचित भएर आएका छन्। तर उनले पनि सडक निर्माणलाई गति दिन सकेका छैनन्।
 |  आइतबार, भदौ ५, २०७९

विनोद परियार

विनोद परियार

आइतबार, भदौ ५, २०७९

बुटवल– गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बुटवल बजार क्षेत्रको सडक नै मुख्य चुनावी एजेन्डा बन्यो। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेयले सबैभन्दा बढी चर्को रुपमा सडक निर्माणमा स्थानीय सरकारले बेवास्ता गरेकोमा आलोचना  गरेका थिए। तत्कालीन मेयर शिवराज सुवेदी बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे ३ किमि सडकका कारण बदनाम हुनुपर्यो। 

triton college

नेकपा एमालेका नगर प्रमुखले सडक निर्माणमा चासो नदेखाएको भन्दै सामाजिक सञ्जाल र विपक्षी कांग्रेस सहितका दलहरुले निरन्तर विरोध गरे। नगर प्रमुखमा अहिले कांग्रेसकै पाण्डेय निर्वाचित भएर आएका छन्। तर उनले पनि सडक निर्माणलाई गति दिन सकेका छैनन्। सडकको सास्तीले हैरान बुटवलबासीसँग सडकको काम गरेपछि मात्रै अन्य काम गर्ने वाचा गरेका पाण्डेयलाई यहि सडक टाउको दुुखाइ बनेको छ। बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक ३० महिनामा पूरा गर्ने गरी २०७३ चैत १२ मा सम्झौता भएको थियो। 

निर्माण कम्पनीको चरम लापरबाही र नियमनकारी निकाय डिभिजन सडक कार्यालय र बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले समेत चासो नदिँदा साढे ३ किलोमिटर सडक ६ वर्षभन्दा बढी समयसम्म पनि पूरा नभएको हो। सडकका कारण यात्रुले चरम सास्ती पाएका छन्। मुख्य बजार क्षेत्रको सडकमा हिलो, धुलो र खाल्डाखुल्डीले हिँडिसाध्य छैन। 

दुई वर्षअघि नै सकिनुपर्ने काम पूरा नभएपछि नगरप्रमुख पाण्डेय कहिले डेलिगेसन त कहिले सडक विभागका निर्देशकलाई भेट्ने गरेका छन्। द कञ्चनजंघा–बिरुवा जेभीले असार मसान्तसम्ममा काम पूरा गर्ने लिखित प्रतिबद्धता नै जनाएको थियो। तर, निर्माण कम्पनीले असार मसान्तसम्म काम नै नगरेपछि बुटवल उपमहानगरका प्रमुुख पाण्डेय थप दबामा परेका छन्। संघीय सरकार अन्तर्गतको योजनामा उपमहानगरले हस्तक्षेपकारी भूूमिका निर्वाह गर्न सक्दैन। तर, नगरप्रमुख पाण्डेयलाई चुनावी प्रतिबद्धताले नैतिक रुपमा संकटमा पारेको छ। जसका कारण नगर प्रमुख पाण्डेयले सडक निर्माणलाई गति दिन कार्यालय प्रमुखहरुलाई राखेर छलफल गर्नेदेखि विशेष निगरानी समिति मार्फत अनुुगमन गर्ने संयन्त्र बनाएका छन्। तर, उनका यी प्रयासले मूर्त रुप पाउन निकै चुनौती देखिन्छ। 

निर्माण कम्पनी द कञ्चनजंघा–बिरुवा जेभीका सुुवित श्रेष्ठले पटक पटक लिखित प्रतिबद्धता जनाए पनि काम गर्ने कुनै छाँट देखाएका छैनन्। प्रत्येक हप्ता कामको प्रगतिबारे अनुुगमन गर्ने गरी बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको संयोजकत्वमा गठित विशेष अनुगमन तथा सहजीकरण समितिको बिहीबार बसेको बैठकले निर्माण कम्पनीलाई ३ दिन काम हेर्ने र त्यसपछि काम नभएमा ठेक्का रद्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ। ‘सुुवित श्रेष्ठको प्रतिबद्धताले सडकको काम हुने देखिँदैन, तर अर्का निर्माण व्यवसायी पेम्बा लामाले ३ दिन समय माग गरेकाले समय दिइएको छ,’ पन्थीले भने, ‘कामको गति अघि नबढे ठेक्का रद्द गर्नका लागि आयोजना मार्फत विभागलाई सिफारिस गरिनेछ।’ 

corrent noodles
Metro Mart

प्रकाशित: Aug 21, 2022| 10:40 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।