मंगलबार, जेठ २६, २०८३

ओलीको चेतावनी- चुनावपछि एमाले सरकार नबने देश झन तहसनहस हुन्छ

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरको चुनावपछि आफ्नो पार्टीको सरकार नबने देश झन तहसनहस हुने चेतावनी दिएका छन्।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं- पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरको चुनावपछि आफ्नो पार्टीको सरकार नबने देश झन तहसनहस हुने चेतावनी दिएका छन्। 

National life

झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको शनिबार उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन र गठबन्धनकै सरकार कायम रहे देश झन् बर्बादीतर्फ जाने र तहसनहस हुने चेतावनी दिएका हुन्। 

उनले भने, 'परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूकै सरकार बन्यो भने त्यो सरकारले मान्छे कुट्दै हिँड्छ। एमाले सरकार बनेन भने देश तहसनहस हुन्छ।'

सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको बताए। गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको पनि उनको जिकिर छ। शनिबार झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् । यस क्रममा उनले सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको बताए ।

परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने 'त्यो सरकारले मान्छे कुट्दै हिँड्ने' उनले दाबी गरे ।

Shivam cement

झापाको बिर्तामोडमा भौतिक पूर्वाधार तयार भइसकेको इन्जिनियरिङ कलेज सञ्चालनका लागि इन्जिनियरिङ कलेजहरूकै सिन्डिकेटका कारण सञ्चालन हुन नसकेको उनको भनाइ थियो।

विकास निर्माणमा इन्जिनियरहरूको योगदान अपरिहार्य रहेको र नेपालको विकासमा अझ गति दिन धेरै काम गर्नुपर्ने भएकाले त्यस्का लागि जतिसक्दो योगदान दिन इन्जिनियरहरूलाई ओलीले आग्रह गरे।

प्रकाशित: Aug 20, 2022| 18:42 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...