शनिबार, साउन २३, २०८३

माओवादीमा देव गुरुङलाई महासचिवको चिठ्ठा, छानिए २१ पदाधिकारी

महासचिवको दावेदारी गर्दै आएका वर्षमान र जनार्दनलाई पाखा लगाएर महासचिवमा सर्वसम्मत चयन भए गुरुङ।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले पार्टी महासचिवमा देव गुरुङलाई चयन गरेको छ। बैठकले २१ सदस्यीय पदाधिकारी नाम टुंगो लगाएको हो।

सबैभन्दा बढी चासो रहेको महासचिवमा गुरुङ सर्वसम्मत चयन भएका हुन्। यसअघि उक्त पदमा वर्षमान पुन र जनार्दन शर्माको दाबी रहे पनि दुवै जना उपमहासचिव बनेका छन्।

माओवादीले २१ जनाको पदाधिकारीमा एक जना अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव, ७ उपमहासचिव, ९ सचिव र एक जना कोषाध्यक्ष बनाएको छ। गत पुसमै महाधिवेशन गरे पनि माओवादीलाई पदाधिकारी चयनमा हम्मे परेको थियो।


यी हुन् माओवादीका पदाधिकारी

अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’

वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ

उपाध्यक्ष : कृष्णबहादुर महरा

महासचिव : देव गुरुङ

उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल

सचिव : दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की

कोषाध्यक्ष : श्रीराम ढकाल।

प्रकाशित: Aug 20, 2022| 16:10 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...