मंगलबार, जेठ २६, २०८३

ओली अत्याचार खप्न नसकेर नयाँ पार्टी जन्माएका हौं : नेता नेपाल

नेपालमा कम्युनिस्टबाहेक अन्य पार्टीको भविष्य नरहेको नेता नेपालको ठोकुवा।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी  ओलीको अत्याचारविरुद्ध नयाँ पार्टी खोल्नुपरेको बताएका छन्। नेकपा एस निकट उपत्यका युवा विशेष जिल्ला कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन्।

National life

ओलीले संविधान कुल्चिएको, संसद् विघटन गरेको सहेर बस्ने वा विद्रोह गर्ने भन्ने सवालमा दोस्रो विकल्प रोजेको उनको भनाइ छ। ओलीसँग बसिरहनुको विकल्प नभएको र आत्मसमर्पण गर्न नसक्दाको परिणाम नयाँ पार्टी जन्मिएको उनले दाबी गरे। ‘हामी एमालेमै रहेर हरिविजोग भोग्न चाहँदैनौं थियौं। यही कारण नेपालको राजनीतिमा हाम्रो उपस्थिति देखाइछाड्यौं,’ नेता नेपालले भने।

अहिले नेकपा एसको ७७ वटै जिल्लामा संगठन विस्तार भएको र अझै पनि संगठनलाई फैलाउन लागिपरेको उनले बताए।

केही नेताका कारण अहिले पार्टी व्यवस्थाप्रति जनताको विश्वास घट्दै गएको नेता नेपालको धारणा छ। नेताहरूको भ्रष्टाचारी व्यवहार र राज्यसत्ताको दुरुपयोगका कारण जनतामा दलीय व्यवस्थाप्रति विश्वास घटेको उनले बताए। कार्यक्रममा उनले कम्युनिस्टबाहेक अन्य पार्टीको भविष्य नरहेको ठोकुवा गरे।

प्रकाशित: Aug 20, 2022| 15:26 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...