बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • शीतलनिवासबाट नागरिकता विधेयक पुनः फिर्ता आए फेरि पठाउँछौं : सञ्चारमन्त्री कार्की

शीतलनिवासबाट नागरिकता विधेयक पुनः फिर्ता आए फेरि पठाउँछौं : सञ्चारमन्त्री कार्की

संसद् र राष्ट्रपतिबीच टकराव हुनु ठीक नभएको मन्त्री कार्कीको धारणा।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक जस्ताको तस्तै पारित हुने बताएका छन्। शनिबार सुनसरीको वराहक्षेत्र नगरपालिका– १० मा नेपाल टेलिकमको फाइबर नेट सेवा उद्घाटन गर्दै मन्त्री कार्कीले यस्तो दाबी गरेका हुन्।

National life

संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक फिर्ता आए पुनः पठाइने उनले बताए। यस पटक नागरिक विधेयक जस्ताको तयस्तै पारित हुने विश्वास व्यक्त गरे। 

मुलुकलाई एकता, सद्भाव र आन्तरिक एकतालाई अझ मजबुत गरेर जानुपर्ने उनको धारणा छ। उनले राष्ट्रपतिलाई फेरि विधेयकलाई फिर्ता गर्ने संवैधानिक अधिकार रहेको तर राष्ट्रपति संस्थाबाट गल्ती नहुनेमा सरकार विश्वस्त रहेको सुनाए।

मन्त्री कार्कीले भने, ‘नागरिकता विधेयकलाई संसद्को दुवै सदनबाट पारित गराएर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाइएको थियो। तर अहिले राष्ट्रपतिले केही सुझावसहित त्यो विधेयकलाई फिर्ता गर्नुभएको छ। त्यो विधेयकलाई फेरि प्रतिनिधिसभाले पारित गरेको छ। अब राष्ट्रिय सभामा पारित हुनेछ।’ उनले संसद् र राष्ट्रपतिबीच टकराव हुनु ठीक नभएको बताए।

प्रकाशित: Aug 20, 2022| 15:09 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...