मंगलबार, असार २३, २०८३

बेल पेनाल्टीमा चुकेपछि बराबरीमै रोकियो रियल

मैत्रीपूर्ण खेल अन्तर्गत आइतबार राति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिड इटालियन क्लब एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएको छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं– मैत्रीपूर्ण खेल अन्तर्गत आइतबार राति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिड इटालियन क्लब एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएको छ।

वोर्थिसी स्टेडियोनमा सम्पन्न खेलमा सम्पन्न खेल गोलरहित बराबरीमा रोकिएको हो।

निकै प्रतिस्पर्धात्मक खेलको ५६ प्रतिसत समय बलमा नियन्त्रण बनाए पनि रियलले गोलका सबै अवसर खेल फालेको थियो। खेल अवधिर विपक्षीको पोस्टतर्फ १९ प्रहार गरे पनि रियलले कुनै प्रहारबाट स्कोर गर्न सकेन।

खेलको ४१ औं मिनेटमा रियलले पेनाल्टीको अवसर पाए पनि फरवार्ड ग्यारेथ बेल गोल गर्न चुकेका थिए। उनले पोस्टको बायाँ कर्नरमा प्रहार गरेको बल एसी मिलानका गोलकिपर मिके मौगथननले सहजै बचाएका थिए।

खेलको ३४ औं मिनेटमा डि बक्स भित्रबाट गरेको प्रहार पनि बारनजिकैबाट बाहिरिएको थियो।

यता रियलको पोस्टमा पाँच प्रहार गरेको एसी मिलानको अवस्था पनि उही रह्यो। एसी मिलानले यो जिसन मात्र चेल्सीबाट ओलिभिए जिरु भित्र्याएको थियो।

प्रकाशित: Aug 09, 2021| 08:52 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।