शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धनको सूत्रधार मै हुँ, तनहुँ-१ मा अरुको दाबी लाग्दैन : रामचन्द्र पौडेल

गठबन्धनको सूत्रधार मै हुँ, तनहुँ-१ मा अरुको दाबी लाग्दैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने बताएका छन्। तनहुँको दमौलीमा पुगेका उनले यस्तो बताएका हुन्।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने बताएका छन्। तनहुँको दमौलीमा पुगेका उनले यस्तो बताएका हुन्। 

आफू तनहुँबाट प्रतिनिधि सभा चुनाव लड्ने विषयमा केन्द्रीय सदस्य, जिल्ला सभापति, पार्टीका अन्य नेतासँग कुरा गरिसकेको बताउँदै वरिष्ठ नेता पौडेलले भने, 'यसबारेमा सबै नेतासँग समझदारी भइसकेको छ, त्यसलाई केही समयपछि औपचारिक रूप दिन्छौँ।'

नेकपा (एकीकृत समाजवादी) पार्टीले तनहुँ–१ दावी गरेको विषयलाई प्रसंगमा वरिष्ठ नेता पौडेलले आफू स्वयं यहाँबाट चुनाव लड्ने भएपछि अरुको दावी नलाग्ने जिकिर गरे। 'वर्तमान गठबन्धनको सूत्रधार नै म हो। म आफैँ लड्ने भएपछि उहाँहरुको दावी लाग्दैन,' पौडेलले भने, 'उक्त पार्टीका उम्मेदवारले नै वरिष्ठ नेता पौडेल चुनाव लड्छु भनिसक्नुभएकाले मेरो केही लाग्दैन, मलाई अर्को व्यवस्था गरिदिनुस् भनेर माधव नेपाल र मसँग भनिसक्नुभएको छ।'

पौडेलले फरक प्रसङ्गमा पृथ्वीराजमार्ग विस्तारका क्रममा व्यास–१२ घाँसीकुवामा रहेको घाँसीकुवा पार्क र कुवालाई संरक्षण गर्नका लागि पहल गरेको बताए। राजमार्ग विस्तारका क्रममा घाँसीकुवा पार्क र कुवा मासिने भएपछि स्थानीयवासीले यसको संरक्षणका लागि पहल गरिदिन आफूलाई आग्रह गरेको भन्दै उनले सम्बन्धित निकायमा यस विषयमा कुरा भइसकेको बताएका थिए। 

'पार्कलाई थप विस्तार गरेर घाँसीको ठूलो मूर्ति बनाउनुपर्छ, पार्क र कुवालाई सुरक्षित राखेर कुनापट्टि भित्ता फोरेर राजमार्ग विस्तार गर्नुपर्छ भनेर भनेको छु,' उनको भनाइ छ। 

प्रकाशित: Aug 19, 2022| 21:06 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...